मोदी लगातार तेस्रो वर्ष विश्वका लोकप्रिय नेता

0
132

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि एक पटक विश्वकै सबैभन्दा लोकप्रिय नेता चुनिएका छन् । अमेरिकी डेटा इन्टेलिजेन्स फर्म ‘द मर्निङ कन्सल्टको सर्वे अनुसार मोदीको अप्रुभल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि पछि परेका छन् ।

मोदी लगातार तेस्रो वर्ष शीर्ष स्थानमा रहेका हुन् । सन् २०२० मा उनको लोकप्रियता ८४ प्रतिशत थियो । २०२१ मा मोदीको लोकप्रियता ७० प्रतिशत थियो । अहिले फेरि बढेर ७८ प्रतिशत पुगेको छ ।

मेक्सिकोका राष्ट्रपति लोपेज ओब्राडोर ६८ प्रतिशत लोकप्रियतासहित दोस्रो तथा स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन बर्सेट ६२ प्रतिशतसहित तेस्रो, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनेस ५८ प्रतिशतसहित चौथो तथा ब्रजिलका राष्ट्रपति लुला ड सिल्भा ५० प्रतिशतसहित पाँचौं स्थानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here