अमेरिकी आकाशमा चिनियाँ बेलुन उडेपछि….

0
182

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीन भ्रमण रद्द गरेका छन् । अमेरिकी आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेपछि दुई मुलुकबीचको सम्बन्ध चिसिएका बेला विदेशमन्त्री ब्लिन्केनले चीन भ्रमण रद्द गरेका हुन् ।

यसअघि अमेरिकाको मोन्टाना राज्यको आकाशमा चिनियाँ जासुसी बेलुन देखा परेको थियो । उक्त बेलुनले मोन्टानामा रहेका आणविक हतियार भण्डारण गर्ने स्थानको जासुसी गरिरहेको हुनसक्ने अमेरिकी अधिकारीको आशंका छ ।

यद्यपि चीनले भने उक्त बेलुन मौसमबारे अध्ययन गर्न उडाइएको जनाएको छ ।

अमेरिकी विदेशमन्त्रीले विगत ५ वर्षमा पहिलो पटक चीनको भ्रमणमा निस्कन लागेका थिए । ट्रम्प प्रशासनका बेला चुलिएको व्यापार युद्धका कारण उसैपनि दुई मुलुकबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here