संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष खापुङ सहितका नेतालाई गरिएको कारवाही अबबैध

0
202

झापा , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यालय सचिव इन्द्र वहादुर लिम्बू (लावासा)ले सामाजिक सञ्जाल मार्फत पार्टीका उपाध्यक्ष तथा युके प्रवास अध्यक्ष टंक खापुङ सहित ८ जनालाई कारवाही गरिएको अबैध ठहरिएको छ । पार्टीले सोमवार विज्ञप्तिा जारी गर्दै पार्टीका आठ नेता माथि गरिएको कारवाही अबैध भनेको हो ।
गत माघ १० गते कार्यालय सचिव लिम्बूले सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीले कुनै कारवाही नगरेको र कार्यालय सचिवले गरेको कारवाहीलाई फु्कुवा गरेको जनाएको छ ।

कार्यालय सचिव लिम्बूले सामाजिक संजाल मार्फत जारी गरेको विज्ञप्ति प्रति समेत पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा उनीहरुलाई ‘सांगठानिक कारवाही गरिएको भनिएको छ ।
पार्टीको विधान विपरित गरिएको कारवाही फुकुवा गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर गुरुङले जनाएका छन् । गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ – मञ्चको विधान २०६२ (पहिलो संसोधन २०६४, दोस्रो २०७३ र तेस्रो २०७८) अनुसार नभएको भनी कारवाहीमा परेका संघीय उपाध्यक्ष तथा यूके प्रवास अध्यक्ष टंक खापुङ, संस्थापक नेता चुडामणि तुम्बाहाम्फे, संघीय सचिव भविराज तुम्सा, संघीय सदस्य पदम चेन्जी, ताप्लेजुङ जिल्ला अध्यक्ष भुपेन्द्र मावो, पाँचथर जिल्ला अध्यक्ष चन्द्रराज आङदेम्बे, प्रवास समिति यूकेका महासचिव राम इजम र साउदी प्रवास अध्यक्ष बसन्त चेन्जी सहित ८ जनाले पार्टीको अनुशासन विभागमा पुनारावेदन गरिएको उल्लेख छ ।
पार्टीको विधान, घोषणापत्र र राजनीतिक एजेण्डा अनुसार कुनै प्रकृया पुरा नगरी पार्टीको संघीय सचिव तथा संघीय कार्यालय सचिवको हैसियतबाट यो विज्ञप्ति जारी भएको हुँदा पार्टीको संघीय पदाधिकारी, सचिवालय वा संघीय (राष्ट्रिय) समितिको कुनै बैठक नै नबसी विधि पद्घति नपु¥याई पार्टीको कुनै पनि बैठकले निज कार्यालय सचिवलाई कारवाही गर्ने अधिकार प्रत्यायोजन गर्न नदिइएको हुँदा यो कारवाही अवैध ठहर गरी ८ जना नेताहरुको कारवाही फुकुवा गरिएको छ विज्ञप्तिमा भनिएको छ ।

मञ्चको संघीय सचिव तथा संघीय कार्यालय सचिव लिम्बु (लावासा)बाट हस्ताक्षरित विज्ञप्ति पार्टी हितविपरित भएको भन्दै १९ गते ४८ घण्टा भित्र विज्ञप्ति फिर्ता लिन भनी पार्टी अध्यक्ष समक्ष ध्यानाकर्षण गरिएकोमा सो समयसिमाभित्रमा पार्टीको कुनै आधिकारिक निर्णय, बैठक नराखी, कार्यालय सचिवको हैसियतबाट विज्ञप्ति जारी गरी पार्टीको वर्खिलाप गरिएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here