झापा, पूर्बाञ्चल दैनिकका बजार ब्यवस्थापक लीला आचार्यलाई मातृ शोक परेको छ ।
मेचीनगर ११ तित्रेडाँगी निवासी आचार्यकी आमा रुक्मणि देवी आचार्यको ५९ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको निजी निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
ब्रेन क्यान्सरका कारण विगत चार वर्षदेखि उनलाई बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गरिँदै आएको थियो ।
२०२० साल असोज ७ गते जन्मिएकी आचार्यका श्रीमान गंगाप्रसाद आचार्य , छोरा वुहारी लीला– कल्पना आचार्य र छोरी धनमाया आचार्य रहेका छन् । उनका चार जना नाति नातिना रहेका छन् । आचार्यको सोमवार हडिया खोलामा सामाजिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।






























