बेलबारी ,
मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल ९सहारा बालग्राम० को नाममा रहेको जग्गा खरिद गर्नका लागि झण्डै ७९ लाख रुपैया बुझाएका सुनसरीको ईटहरीका डम्बर तामाङले आफुले ५ बर्ष बित्न लाग्दा समेत आफनो लगानी गरेको रकम फिर्ता नपाएको भन्दै न्यायको ढोका ढकढकाउने अन्तिम तयारीमा पुगेका हुन् ।
साहारा बालग्रामको नाममा रहेको जग्गा १ बिगाह ८ कठठा मध्ये आधा जग्गा १ करोड ५० लाखमा खरिद गर्ने सहमतिमा तामाङले ७९ लाख रुपैया बुझाई सकेको र बाँकी रकम बुझाएर पास गर्ने तयारी गरिरहँदा संस्थाको जग्गा बिक्री गर्न नपाईने भन्दै स्थानीयले बिरोध गरेपछि जग्गा पास रोकिएको थियो । सो जग्गामा गार्मेन्ट सञ्चालन गर्ने तयारीका साथ तामाङले ५ बर्षअघि साहारा बालग्रामका संस्थापक समेत रहेको पुर्ब साँसद बेलबारी २ का हर्कमान तामाङ र तत्कालीन साहारा बालग्रामका अध्यक्ष तथा पुर्ब बेलबारी गाबिसका अध्यक्ष शिवप्रसाद बराल मार्फत जग्गा किनबेचको सहमति गरि प्रक्रिया अघि बढेको थियो । तर संस्थाको जग्गा बिक्री हुने लागेको समाचार प्रकाशित भएपछि जग्गा पास रोकिएको थियो ।
बेलबारीका राजनीतिक दलका प्रमुखहरु सहितको भेलाले तामाङको लगानी भएको रकम ६ महिना भित्र फिर्ता गर्ने र सोही अबधिमा फिर्ता नभए बैँक ब्याज सहित रकम फिर्ता गर्ने सहमति पश्चात खरिदकर्ता तामाङले कागज गरेका थिए । तर यतिका बर्ष बितिसक्दा समेत उनले न त जग्गा पाए, न त लगानी भएको पैसा नै पाए । रकम नपाएपछि उनी यतिबेला न्यायको पर्खाईमा रहेका छन । उनले आफुले लगानी गरेको रकम फिर्ता नभएपछि कानुनको साहारा लिनुको बिकल्प नभएको बताएका छन । यस बिषयमा जग्गा बिक्री गर्ने तत्कालीन सहाराका अध्यक्ष शिव बराल रकम फिर्ता दिने तर केही समय लाग्ने बताउँछन ।
के हो बेलबारीको चर्चित साहारा काण्ड ?
मोरङको बेलबारी २ लालभित्तिमा रहेको साहारा परिवार नेपाल ९सहारा बालग्राम ० को नाममा रहेको जम्मा १ विगाहा ८ कट्ठा ३ धुर जग्गा पुर्ब साँसद समेत रहेको हर्कमान तामाङ,बेलबारी गाबिसका पुर्ब अध्यक्ष शिवप्रसाद बराल लगायतका ब्यत्तिहरुले ईटहरीका ब्यबसायी डम्बरबहादुर तामाङलाई जग्गा बिक्री गरेका थिए ।
बि।स २०५६ सालमा भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारा सञ्चालकहरुकै स्वार्थको सिकार हुँदा अस्तित्व नै मेटिएको छ । भुमीहिनहरुलाई घर सहितको बासको व्यवस्था र असहाय वालवालिकालाई आश्रमको सेवा प्रदान गर्ने उद्देश्यले स्थापित सहारामा भवन तथा संरचना निर्माण लगायतमा विदेशी नागरिकको लगानी रहेको छ ।
साहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५६ सालमा दर्ता भएको देखिन्छ । दर्ता नम्बर ८७५ रहेको छ । अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो । निर्माणमात्र नभएर सञ्चालनका लागि समेत केही वर्षसम्म विदेशी लगानी नै आइरहेको थियो । सहारा परिसरमा बनेका घरहरुमा अहिले २८ परिवार बस्दै आएका छन् ।
मालपोत कार्यलय बेलबारीको रेकर्डमा भएको साविक हरैँचा ५ ख हाल बेलबारी २ का कित्तानम्बर १०७८ को ५ कट्ठा, कित्तानम्बर ७८५ को ७ कट्ठा, कित्तानम्बर १०८३ को ३ कट्ठा, कित्तानम्बर १०८१ को ४ कट्ठा, कित्तानम्बर १०९० को ५ कट्ठा, कित्तानम्बर ८१९ को ४ कट्ठा ३ धुृर क्षेत्रफलका जग्गा तामाङको नाममा गएको र फिर्ता भएको देखिएको छ । मालपोतमा भएको अभिलेखमा ‘मिसिल नम्बर ८५ मिति २०७५।०८।११ को दाखिल खारेज को निर्णयले मोरङ जिल्ला अदालतको चलानी नम्बर ४५६० मिति २०७५।६।१४ को मिलापत्र अनुसार ९उल्लेखित कित्ता नम्बरका जग्गाहरु० ठेली नम्बर ३०।४।८३ को सहारा परिवारको नामबाट डम्बर बहादुर तामाङको नाममा गएकोे थियो ।
सोही जग्गा बिक्री भईसकेर फिर्ता भएपनि जग्गा खरिदकर्ता तामाङ पिडित बनेका छन । उनले लगानी गरेको रकम अहिले सम्म पाएका छैनन । जग्गा बिक्री गर्नेहरुले रकम फिर्ता नगर्दा उनी थप समस्याा परेका हुन । जग्गा बिक्री काण्डमा आफना पार्टीका नेताहरु मुछिएपछि तत्तकालीन समयमा नेकपा एमाले बेलबारीले छानबिन समिति नै गठन गरेको थियो । सोही छानबिन समतिले दोषी ठहर गरेका ब्यत्तिहरुलाई कुनै कारबाही समेत भएको छैन ।































