काठमाडौँसम्म भारतीय रेल !

0
179

चिनले नेपालको विभिन्न क्षेत्रमध्ये रेलमार्ग लाई पनि आफ्नो उपस्थितिको एक उपयुक्त साधन मानेको छ । जसमा उसको लगानी को इच्छा अधिक देखिएको बुझिन्छ । चिनियाँ पक्ष अहिले रेलमार्ग मार्फत नेपालमा अफ्नो घुसपैठको योजना बुनिरहेको छ । यसै क्रममा भारतले चीनको षडयन्त्रलाई असफल बनाउँदै चीनलाई कडा जवाब दिने देखिएको छ । जानकारीअनुसार भारतले रक्सौल–काठमाडौं रेललाइनका लागि अन्तिम सर्वेक्षणलाई तीव्र पारेको छ। त्यसपछि काठमाडौंसम्म रेल चलाउने बाटो खुल्ला हुनेछ। अर्कोतिर भारत एकशनमा आएपछि चीनले पनि आफ्नो चाललाई तीव्रता दिएको छ। चीनले अब केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता परीक्षण गर्न अध्ययन सुरु गरेको छ। केपी ओलीको समर्थनमा रहेको प्रचण्ड सरकार सत्तामा आएपछि चीनको चालमा यसप्रकारको तीब्रता आएको मानिएको छ।

यसैबीच विशेषज्ञहरूले अर्बौँ डलरको यस रेलवे लाइनको माध्यमले चीनले नेपाललाई श्रीलङ्काजस्तै ऋणको जालोमा फसाउन खोजिरहेको बताएका छन्। यो रेलवे लाइन हिमालयको बीचबाट भएर जानेछ, जुन एकदमै खर्चिलो र तकनिकी रूपले एकदमै चुनौतिपूर्ण हुनेछ। यतिमात्र नभएर रेलवे लाइन निर्माण भएपछि यसलाई सञ्चालनमा ल्याउनका लागि पनि करोडौँ रूपियाँको खर्च आउने बताइएको छ। चीनले यो रेलवे लाइन बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत बनाउन चाहन्छ, जसको पूरा खर्च नेपालसँग नै असुल्ने चीनको उद्देश्य रहेको छ। यसैबीच नेपाल सरकारले भने लोनको सट्टा आर्थिक सहायता पुऱ्याउने चीनसँग अनुरोध अगावै गरिसकेको छ। तर, चीन यसका लागि तयार भने देखिएको छैन।

अर्कोतिर नेपालमा रेल गुडाउनु भारत र चीन दुवैका लागि इज्जतको सवाल बनेको छ। दुवै देशले नेपालमा आफ्नो प्रभुत्वलाई बढाउन चाहन्छन्। गत डिसम्बर महिनामा चीनको एक ६ सदस्यीय टोली रेलवेको सर्वेक्षण गर्नका लागि नेपाल पुगेको थियो।कोरोनापछि पहिलोपल्ट यो चिनियाँ सर्वे दल नेपाल पुगेका हुन्। नेपालका रेल मन्त्रालयका अनुसार ‘चिनियाँ टोलीले प्रस्तावित रेल सञ्जालका विभिन्न साइटको भ्रमण गरेको र सर्वेक्षण गरेर चीन फर्किएको’ बताएका छ । अहिले रेल सञ्चालनका लागि सम्भाव्यता अध्ययनको काम अघि बढेको पनि जानकारी साझा गरीएको छ।

यसप्रकारले अध्ययन गर्ने हो भने नेपालमा रेल दौडाउने मामिलामा भारतले चीनलाई धेरै पछाडि छोडिदिएको छ। रेलवेका एक अन्य अधिकारीले बताएअनुसार भारतीय पक्षले बिहारको रक्सौलदेखि काठमाडौँको बीच रेल सञ्चालनका लागि फाइनल लोकेशन सर्वेका लागि आफ्नो फिल्डवर्क पुरा गरेको छ। भारतको तर्फबाट यस परियोजनालाई कोँकण रेलवेको तर्फबाट पुरा गर्ने भएको छ। यो कम्पनीले अप्रेलदेखि मे-महिनाको बीचमा आफ्नो रिपोर्ट दिनेछ।

यसभन्दा अघि मार्च २०१६ मा जब चीनप्रति झुकाव राख्ने केपी ओली बेजिङ्गको यात्रामा गएका थिए तब दुवै देशले रेलवेका लागि एउटा सम्झौतामा हस्ताक्षर गरेका थिए।

चीन र नेपालबीच रेलवे परियोजनामाथि हस्ताक्षर भएपछि भारत पनि सक्रिय बन्दै रक्सौलदेखि काठमाडौंसम्म रेल चलाउने योजनाको प्रस्ताव नेपालसामु राखेको हो। त्यसपछि सन् २०१८ मा तत्कालिन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा यो रेलमार्गको सम्झौता भएको थियो। यो विद्युतीय रेलमार्गका लागि भारतले आर्थिक सहयोग गरिरहेको छ। अर्कोतर्फ नेपाल र चीनबीचको रेलमार्ग निर्माणमा करिब ३ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। नेपालका विशेषज्ञहरूको ठहरअनुसार चीनलाई यो रेल परियोजनाको अध्ययन गर्न अझै ४२ महिना लाग्नेछ । भारतले रेल परियोजनामा ढिलो काम शुरु गरेको भए तापनि तर छिट्टै अन्तिम स्थान सर्वेक्षण पूरा गर्नेछ। यो रेलमार्ग १४१ किलोमिटर लामो हुनेछ।

भारतको रक्सौलदेखि काठमाडौँसम्म चल्ने भनिएको यस रेल परियोजना यदि सञ्चालनमा आयो भने भारत र नेपालबीचको सम्बन्धमा पनि यसको प्रभाव पर्ने मानिएको छ। नेपाल र भारतको सम्बन्ध यसपछि अझ सुध्रिएर जाने विज्ञहरूको बुझाइ छ। किनभने भारत र नेपालबीच रेलमार्गद्वारा यात्रा सहज भएपछि पर्यटन क्षेत्रदेखि लिएर विभिन्न क्षेत्रमा नेपालको विकास कार्यमा सहयोग हुने मानिएको छ।

अर्कोतिर चीन र नेपालबीच चल्ने भनिएको रेलमार्ग अत्यधिक खर्चिलो भएको कारण भविष्यमा गएर यसको सञ्चालनमा अत्यधिक समस्या उत्पन्न हुन सक्ने र चिनियाँ ऋणको भारको कारण नेपालको अवस्था पनि श्रीलङ्काको जस्तो हुन समय नलाग्ने अनुमान लगाउन सकिन्छ। अहिले नै पोखरा र लुम्बिनीमा बनेको दुई अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या भइरहेको छ । जसले नेपाललाई आर्थिक भारको मारमा पार्ने अनुमान प्रष्ट हुँदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here