सुनसरी,
सुनसरीको देवानगंज गाउँपालिका ६ स्थित सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाईते भएका छन ।
आज बिहान देवानगंज रासी सडक खण्डमा को। २ त ६२३८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडक साईडमा पल्टि दुर्घटना हुँदा घाईते भएका ट्रयाक्टर चालक बर्जु गाउँपालिका ५ का ४० बर्षीय प्रमोद पंडितको उपचारको क्रममा कोशी अस्पताल बिराटनगरमा मृत्यु भएको हो भने घाईते सहचालक देवानगंज– २ का ३० बर्षीय धिरेन्द्र खत्वेको सोही अस्पतालमा उपचार भईरहेको छ ।
घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय देवानगंजबाट थप अनुसन्धान भईरहेको छ ।






























