गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक कार्यशाला

0
208

छविराज ढकाल
पथरीशनिश्चरे,
शैक्षिक गुणस्तर अभिवृद्धिमा देखिएका समस्या र समाधानका उपायहरु विषयक एक दिवसीय कार्यशाला संचालन भएको छ ।
मोरङको पथरीशनिश्चरे–१को एकमात्र शैक्षिक धरोधर २०६४ सालमा स्थापित उच्च शिक्षा प्रदान गर्दै आईरहेको पथरी बहुमुखी क्याम्पसले मंगलबार कार्यशाला संचालन गरेको हो ।
विद्यार्थीको खकिस्दै गएको शैक्षिक गुणस्तरलाई सुधार गर्ने उद्देश्यले विद्यार्थी गुणस्तर समूह, प्राध्यापक कर्मचारी समूह, विद्यार्थी सङगठन समूह, क्याम्पस संचालक समिति समूहद्वारा आयोजित कार्यशालामा
समूहिक छलफल र प्रस्तुत गरिएको थियो ।
समूहगत छलफल र प्रस्तुतीकरणमा आधुनिक प्रविधिको अभाव, व्यवस्थित समय, सुशासनको अभ्यासमा कमी, आन्तरिक क्रियाकलाप कम हुने, आन्तरिक परीक्षा समयमा नहुनु, पुस्तकालयमा आवश्यक पुस्तकहरु उपलब्ध नहुनु जस्ता कुराहरुमा छलफल तथा त्यसबारे चर्चा ( परिचर्चासमेत भएको थियो ।
कार्यशालामा क्याम्पसका उपप्राध्यापक तथा निवर्तमान क्याम्पस प्रमुख चेतनाथ पौडेलले सहजीकरण गरेका थिए।
कार्यक्रम क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष माधवप्रसाद कोइराला, पथरीशनिश्चरे( १ का वडाध्यक्ष एवम् समितीका सदस्य भीमकुमार राई, शौक्षिक अभियान्ता एवम् समिती सदस्य प्रदिपकुमार राई, खगेन्द्रप्रसाद लुइटेल, दुर्गा सुवेदी दंगाल, क्याम्पस प्रमुख शान्तिराम तिम्सिना , क्याम्पसका प्राध्यापक संघ अध्यक्ष उपेन्द्र बस्नेत , स्ववियु अध्यक्ष गोपालकुमार साँवा, अंग्रेजी विभाग प्रमुख शङ्कर देवान, नेपाली विभाग प्रमुख लक्ष्मी ढुङ्गेल दहाल , व्यवस्थापन विभाग प्रमुख घनेन्द्र कार्की, मानविकी सङ्काय प्रमुख भीमप्रसाद लुइँटेल , कर्मचारीहरू धर्मराज बोहोरा, रोहित बास्तोला, लक्ष्मी लुइँटेल, लगायतको उपस्थिति रहेको थियो ।
दुर्गाप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहायक क्याम्पस प्रमुख ऋषिराज धिमालले संचालन गर्नुभएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here