सन नेपालद्वारा स्वर्गीय प्रेम आचार्यको परिवारलाई ५० लाख बराबरको मृत्यु दाबी भुक्तानी

0
387

इलाम, सन नेपाल लाइफ इन्स्योरेन्सले इलामका अभिकर्ता साथै बिमित स्वर्गीय प्रेम प्रसाद आचार्यको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको बिर्तामोड शाखाले सुर्यदय नगरपालिका ११ फिक्कल इलाम निवासी स्व प्रेम प्रसाद आचार्यका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको बिर्तामोड शाखाका प्रमुख बिकास श्रेष्ठले जानकारी दिनुभयो ।

कम्पनीले मङ्गलबार मृतकको घरमै पुगी मृतककी श्रीमती नानुका अधिकारीलाई ५० लाख १२ हजार १ सय ९४ रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम १४ दिनमै बीमा दावी रकम भुक्तानी गरिएको बिर्तामोड शाखाका रुद्र निरौलाले जानकारी दिनुभयो ।

मृतक प्रेम आचार्यले गत १० गते सिह दरबार अगाडी आत्मा दाहको प्रयास गरे सङ्गै वहाँको उपचारको क्रममा ११ गते बिहान मृत्यु भएको थियो । ५० लाखको बीमा गरेका निजले ३ तेस्रो किस्ता बुझाउन बाकी रहेको थियो ।

बिमा दाबी भुक्तानी कार्यक्रममा सुर्यदय नगरपालिकाका प्रमुख आरबि राई, उपप्रमुख दुर्गा बराल, सुर्यदय ११ का अध्यक्ष सन्तोस राई सहित कम्पनीका सहायक महाप्रवन्धक तथा प्रदेश एक प्रमुख तुलसिनाथ पौडेल, बिर्तामोड शाखामा प्रमुख बिकास श्रेष्ठ , रुद्र निरौला, राम प्रसाद घिमिरे , कुल प्रसाद अधिकारी, फिक्कल उपशाखाका निमा शेर्पा , सङ्गिता थामि तथा मृतकका परिवार लगायत आफन्तको उपस्थिति रहेको थियो ।

बिमा दाबी भुक्तानी कार्यक्रममा बोल्दै नगर प्रमुख आरबि राई र वडाध्यक्ष सन्तोष राईले मृतक आचार्यप्रती श्रद्धाञ्जली ब्यक्त गर्दै शोकाकुल घडिमा रहनुभएको परिवारजन प्रती आर्थिक व्यबहार कम गर्न कम्पनिले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी कम्पनीका सहायक महाप्रवन्धक तथा प्रदेश एक प्रमुख तुलसिनाथ पौड्याल र रुद्र निरौलाले बीमा कम्पनी सामाजिक सेवा प्रदायक सस्ंथा भएकोले वचत मात्र नभई भविष्यमा आईपर्ने जोखिम हस्तान्तण गर्ने भरपर्दो माध्यम भएको र सोहि अनुसार यस कम्पनीले प्रभावकारी रुपमा दावी भुक्तानी गर्देै आएको जानकारी गराएका गराउनु भएको थियो ।

स्वर्गीय आचार्यप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सुरु भएको कार्यक्रममा इलाम शाखाका प्रमुख टंक श्रेष्ठले कम्पनीले दिएको विवरण प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन रुद्र निरौलाले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here