ड्रगैनका अधिकारीसंग फिजी प्रहरीलाई काम नगर्न प्रधानमन्त्री रबुकाको निर्देशन

0
158

फिजीको सरकारले ड्रगैन (चीन) का कर्मचारीहरुलाई फिजी प्रहरी संग काम नगर्ने जनाएको छ ।
बढ्दो चिनियाँ भुमरीबाट जोगिन फिजी प्रहरीले चिनियाँ अधिकारीहरु संग सहकार्य एवं काम गर्न आवश्यक नरहेको फिजी टाइम्सले फिजीका प्रधानमन्त्री सिटिभेनी रबुकालाई उद्धृत गर्दै जनाएको हो ।
फिजी र चीन बीच सन् २०११ मा हस्ताक्षर गरेको समझदारी पत्रलाई उल्लेख गर्दै फिजीका प्रधानमन्त्री रबुकाले भने, “हामीलाई सो सहकार्य जारी राख्नु कुनै आवश्यक छैन । काम गर्ने हामीहरुकोे प्रणाली फरक छ” ।
फिजीले पहिलो पटक अन्य देशका कर्मचारीसँग सुरक्षाकर्मीले सहकार्य गर्न आवश्यक नरहेको सार्वजनिक रुपमा अभिव्यक्ति दिइएको बताइएको छ । सन् २०११ मा गरिएको सहमति अनुसार फिजीका प्रहरी अधिकारीहरूले चिनियाँ अधिकारिहरूसँग तालिम लिने लगायतका विषयहरू सम्झौता पत्रमा सामावेश गरेका थिए । सन् २०२१ मा यस किसिमका तालीम गतिविधिहरू थप अगाडि बढाउन चिनियाँ प्रहरीको सम्पर्क कार्यालय फिजीमा खोलिएको थियो र त्यस किसमका गतिविधि निकै उचाईमा पुगेको थियो ।
चीन र फिजीको प्रजातान्त्रिक र न्यायिक प्रणाली पृथक रहेकाले यस किसिमको सहकार्य आवश्यक नरहरेको बताइएको छ । यद्यपि फिजीले भन्यो कि, अष्ट्रेलिया र न्युजिल्याण्डसँग यस किसिमका सहकार्य जारी रहने जनाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here