पाकिस्तानी दूतावासको काश्मीर एकता दिवस असफल

0
136

एकातिर कार्यक्रमको न्युन सहभागीताले नेपालीहरू पाकिस्तानलाई साथ नदिने जनाएका छ्न भने अर्कोतर्फ राष्ट्रिय एकता अभियानले भने यसविरुद्ध हस्ताक्षर संकलन नै गरेको छ। राष्ट्रिय एकता अभियानले हिन्दूहरुको हत्या बन्द गर, पाकिस्तान प्रायोजित आतंकवाद बन्द गर, पाकिस्तानमा अल्पसंख्यकहरुको सुरक्षा गर र धार्मिक अतिवाद अन्त्य गर भन्‍ने नाराका साथ हस्ताक्षर संकलन अभियान गरेको हो।

काठमाडौंस्थित गौशालामा अभियानका केन्द्रीय सदस्य डा. प्रभात कुशवाहाको नेतृत्वमा हस्ताक्षर अभियान सुरु भएको हो। हस्ताक्षर अभियानमा पेमा लामा, सरिता सिंह, दीपेन्द्र बराल, रोशन कुशवाहा, दिपेश कुशवाहालगायत अभियान्ताहरु सक्रिय थिए।

पाकिस्तानले काश्मीरमा आतंकवादी गतिविधि गराउनका लागि वित्त पोषण गरिरहेको छ भने अर्कोतर्फ काश्मीर एकताको अभियान चलाउँदै दिवस मनाइरहेको छ। पाकिस्तानको यस प्रकारको दोहोरो चरित्रविरुद्ध हस्ताक्षर अभियान चलाइएको हो।

अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले पाकिस्तान प्रयोजित आतंकवाद बन्द गर, पाकिस्तानी अल्पसंख्यकको सुरक्षा गर, हिन्दूहरुको हत्या बन्द गर र धार्मिक अतिवाद अन्त्य गर भन्दै हस्ताक्षर अभियान सुरु गरिएको बताए। उनले भने,’पाकिस्तानमा हिन्दू लगायत अल्पसंख्यक समुदायमाथि अतिवादी मुस्लिमहरुले निरन्तर सताउने तथा दु:ख दिने गरिरहेका छन्, त्यसैको जानकारी विश्व जगतले पाओस् भनेर अभियानले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

पाकिस्तानमा हिन्दुहरु निकै कम संख्यामा मात्र छन्। बेलायती उपनिवेशबाट सन् १९४७ मा भारत पाकिस्तान विभाजन हुँदा पाकिस्तानमा १० प्रतिशत हिन्दुहरु थिए। तर व्यापक धर्मान्तरण र ज्याजतीका कारण अहिले यो मात्रा १ प्रतिशतमा झरेको छ।

हिन्दुहरुमाथि भइरहेको अत्याचार झनै झांगिएको छ। यसले पाकिस्तानको सामाजिक सुत्र नै विभक्त भइरहेको छ। अल्पसंख्यक हिन्दू र सो समूदायका महिलाहरुमाथि भइरहेका विभेद तथा अपराधविरुद्ध पाकिस्तानमा न्यायको कुनै गुञ्जायस नै छैन।

यद्यपि पाकिस्तान सरकारले विश्वलाई आफ्नो मुलुकमा त्यस्तो कुनै अपराध र ज्याजती नभएको भन्दै ढाँटिरहेको छ।

पाकिस्तान अहिले पनि महिला अधिकार र सुरक्षालाई लिएर विश्वकै खराब मुलुकमा पर्छ। हिन्दु महिलाहरुमाथि भएको अपराधका केशहरु विभिन्न प्रहरी कार्यालयका दराजमा थन्क्याइएको छ। न त्यसलाई पाकिस्तान सरकार, न त प्रशासनले नै अघि बढाउन चाहन्छ। यसैकारण पाकिस्तान महिलाहरुका लागि खराब राष्टमध्ये १५० औं स्थानमा छ, जबकी यो तुलना १५३ राष्टहरुभित्र मात्रै भएको हो।

पाकिस्तानमा हिन्दुहरुमाथि जे भइरहेको छ, त्यसले विश्वलाई अतिशय पीडा र विह्वल बनाइरहेको छ। पाकिस्तानी हिन्दुका परिवारहरुले आफ्ना छोरीचेली गुमाइरहेका छन्। अपहरण गरिएका किशोरीहरुलाई जबर्जस्ती मुस्लिमहरुले विवाह गर्ने गरेका छन् र यौन बजारमा बेचिदिएका छन्।

पाकिस्तानका हिन्दूहरु गरिब छन् र उनीहरु सुरक्षित रुपमा भारत आउन पनि सक्दैनन्। यसैकारण अधिकांश हिन्दूका बालबच्चाहरु विद्यालय जान समेत पाएका छैनन्। कारण, त्यहाँ डर छ कि उनीहरु जतिसुकै बेला प्रताडित हुन सक्छन्।

केही मध्यमवर्गीय हिन्दुहरुको जीवन त सहज देखिन्छ, तर सामाजिक विभेदले यतिसम्म जरा गाडेको छ कि त्यहाँ समान अधिकारप्राप्ति र उपभोगको कुनै आधार छैन। हिन्दु अल्पसंख्यकमाथि बढिरहेको अत्याचारको आंकडा नै यो विषयलाई बुझ्न पर्याप्त छ।

हरेक वर्ष करिब ५००० हिन्दुहरु पाकिस्तान छाडिरहेका छन् र भारतमा निर्वासित जीवन बिताइरहेका छन्। उनीहरु पाकिस्तानले गरिरहेको अत्याचार सहनै नसक्ने अवस्था पुगेपछि भारत आउने गर्छन्। यसैका कारण दिल्लीमा पाकिस्तानी हिन्दूहरुको शरणार्थी शिविर बढिरहेको छ, जहाँ भारत सरकारले पीडितहरुका लागि आधारभूत आवश्यकताहरु उपलब्ध गराइरहेको छ।

भारत आइसकेका हिन्दूहरु अझै पनि कानूनी रुपमा पाकिस्तानमै छन्, किनकी रेकर्डबाट उनीहरुको संख्या पाकिस्तान सरकारले हटाएको छैन। पाकिस्तान यो देखाउन चाहन्छ कि सबै हिन्दूहरु पाकिस्तानमै छन्। हिन्दुहरुले देश छाड्नुको एउटै कारण पाकिस्तान सरकारले सृजना गरेको दबाब र बलजफ्तीपूर्ण अवस्था नै हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here