डबल्स ब्याडमिन्टनमा प्रसाई र खड्काको जोडी प्रथम

0
291

सुरुङ्गा, प्याब्सन कनकाई नगर समितिले माघ २३ र २४ गते दुई दिन सम्म संचालन गरेको नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगिता मङ्गलबार सम्पन्न भएको हो ।
कनकाई–९ घैलाडुबास्थित कभर्ड हलमा सञ्चालन भएको प्रतियोगितामा निजी विद्यालयका अभिभावकहरु क्रमशः राजेश प्रसाई र चन्द्रबहादुर खड्काको जोडी प्रथम, अग्निप्रसाद खरेल र अर्जुनकुमार ओलीको जोडी द्वितीय, त्यस्तै शेखर श्रेष्ठ र पर्शुराम संजेलको जोडी तृतीय भएको प्याब्सन कनकाईका सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो साथै प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्वाले विजेतालाई नगदसहितको पुरस्कार हस्तान्तरण गरे । प्रथम पुरस्कारको राशी नगद रु.२५ हजार, दोस्रो पुरस्कार रु.१५ हजार र तेस्रो पुरस्कार रु.१० हजार रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र रहेको कार्यक्रम संयोजक थापाले जानकारी दिए । प्रतियोगितामा सहभागी भएका सबैलाई सहभागिताको प्रमाण पत्र साथै मेडल प्रदान गरिएको बताइएको छ । प्रतियोगिताको निर्णायक समितिमा राजेश थापा, ख्याम पाठक, फडिन्द्र गिरी, डि.आर.सुवेदी र अरुण राजवंशी रहेका थिए । नगरस्तरीय डबल्स ब्याडमिन्टन प्रतियोगितालाई थप व्यवस्थित एवं मर्यादित बनाउँन प्याब्सन कनकाईले सचिव मोहन थापाको संयोजकत्वमा सल्लाहकार डि.आर. सुवेदी र सागर चौहान सदस्य रहेको उपसमिति गठन गरेको थियो । प्याब्सन कनकाई नगर अध्यक्ष विनोद सुब्बाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, समाजसेवी गोविन्दकुमार प्रधान, ईलाका प्रहरी कार्यालय घैलाडुबाका प्रमुख देवेन्द्र पौडेल, विजयी खेलाडी अग्नीप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य राख्दै निजी विद्यालयका अभिभावकहरुलाई लक्षित गरी संचालन भएको कार्यक्रमबाट अभिभावक, विद्यार्थी र विद्यालय परिवार विचको सम्बन्ध थप सुमधुर बनेको बताए । प्याब्सन कनकाई नगर समितिले यस अघिदेखी नै विद्यार्थी केन्द्रित अतिरिक्त क्रियाकलापसहित अभिभावक केन्द्रित विभिन्न गतिविधि संचालन गर्दै आएको अध्यक्ष सुब्बाले बताए ।
प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका थिए । एक संक्षिप्त कार्यक्रमका विच भएको उद्घाटन समारोहमा आयोजक समितिका तर्फबाट उपसमिति सदस्य प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीले सहभागी सबैलाई स्वागत गरेका थिए ।
प्याब्सन कनकाई नगर सचिव एवं कार्यक्रम संयोजक मोहन थापाले संचालन गरेको औपचारिक कार्यक्रममा कनकाई नगरपालिका वडा नं.९ का वडाअध्यक्ष राजेन्द्र उप्रेती, प्याब्सनका केन्द्रीय सदस्य एल.पी. उप्रेती, प्रदेश सदस्य भानु राजवंशी, जिल्ला सदस्य सागर ढुङ्गाना र केशव शर्मा बेडारी, कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जबिन तिम्सिना, आदर्श क्याम्पस घैलाडुब्बाका सहायक क्याम्पस प्रमुख सुशीलकुमार श्रेष्ठ, आदर्श मावि घैलाडुब्बाका व्यवस्थापन समिति अध्यक्ष चन्द्रमोहन उप्रेती, प्रधानाध्यापक नरहरि न्यौपाने, कभर्ड हल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द उप्रेती, फक्ताङ्लुङ एजुकेशन फाउण्डेशन दुर्गापुरका प्रिन्सिपल ओमविक्रम नेम्बाङ, नवयुग शिक्षा निकेतन दुर्गापुरका सहायक प्रिन्सिपल राजन कार्की, पाथीभारा एकाडेमीका सिइओ श्रीकान्त थापा, प्याब्सन कनकाई नगरका कोषाध्यक्ष विनोद उप्रेती, पत्रकार रामप्रसाद निरौला लगायत स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक उपसमितिका सदस्य सागर चौहानले प्राविधिक व्यवस्थापनमा सहजीकरण गरेका थिए । प्रतियाोगितामा कनकाई नगरका संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका ४२ जना अभिभावकहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here