बाह्रदशी, बाह्रदशी गाउँपालिकाका व्यवसायीहरुलाई कर शिक्षा प्रदान गरिएको छ ।
बाह्रदशी गाउँपालिका र बाह्रदशी उद्योग वाणिज्य संघले संयुक्त रुपमा आयोजना गर्दै त्यहाँका व्यवसायीलाई कर,राजश्व र नापतौल तथा गुणस्तर सम्वन्धि प्रशिक्षण प्रदान गरिएको हो ।

‘स्वेच्छिक सहभागिता सहितको फराकिलो करआधार, दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित गाउँपालिका भित्र छरिएर रहेका एक सय भन्दा बढी व्यवसायीलाई कर शिक्षा,नाप तौल र गुणस्तर सम्वन्धि जानकारी दिइएको थियो ।

बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्रवहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन बाह्रदशी गाउँपालिकाका अध्यक्ष देविन्द्र प्रसाद चम्लगाईले गरेका थिए ।
बाह्रदशी उद्योग वाणिज्य संघ बाह्रदशी उपाध्यक्ष रेणुका भुर्तेलले स्वागत गरेको कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेल, प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, आन्तरिक राजश्व कार्यालय झापाका प्रमुख शुभ प्रसाद रिजाल लगायतले बोलेका थिए ।
कार्यक्रममा कर तथा प्रशासन सम्वन्धि छत्र लिम्बू र सुरेश महतले जानकारी गराएका थिए । कर सम्वन्धि लेखा व्यवसायी कल्पित ढकाल, नापतौल सम्वन्धि विजय नन्द चौधरी, एक्सल बैंकका व्यपार शाखा प्रमुख शिव कुमार गिरी, नायव कार्यकारी अधिकृत लेखराज कार्की लगायतले कार्यक्रममा सहजीकरण गरेका थिए ।
कार्यक्तमको सञ्चालन बाह्रदशी उद्योग वाणिज्य संघका सचिव जय आचार्यले गरेका थिए ।






























