उच्चस्तरीय संयन्त्रको बैठक भोलि ९ बजे बस्ने

0
176

झापा, सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने भएको छ । ओलीसँगको भेटपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि बिहान ९ बजे संयन्त्रको बैठक बस्ने बताए ।

दिउँसो ३ बजेको लागि बोलाएको बैठक स्थगित गरेर प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबार छलफल भएको थियो ।

बुधबार अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीसँगको सहमतिपछि आजको लागि बैठक तय भएको थियो । तर, बैठक स्थगित गरेर ओली र प्रचण्ड छलफलमा बसेका थिए ।

दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको छ ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here