दुहागढीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुम्बा निर्माण गर्ने

0
192

अर्जुनधारा,झापाको मेचीनगर नगरपालिका–१३स्थित दुहागढी क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले गुम्बा निर्माण हुने भएको छ ।
गुम्बा निर्माणका अभियन्ता एवम् जग्गादाता छिरीङ शेर्पाको अध्यक्षतामा बिहीबार आयोजित आयु अभिषेक एवम् शिलान्यास कार्यक्रममा गुम्बा निर्माण स्थलको भूमिपुजन गरिएको थियो ।
एक विगाहा क्षेत्रफलमा निर्माण हुने गुम्बा लामा गुरु हिसेस साङपो रिम्पोछेलगायतको सहयोगमा निर्माण हुने बुद्धशान्तिस्थित पाल्युल देछेन छोलिङ गुम्बाका पूर्व अध्यक्ष भक्त ग्लान तामाङले जानकारी दिए । उक्त गुम्बा निर्माण गर्न जग्गादाता शेर्पाले १० कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका छन् ।
कार्यक्रममा प्रदेश नं.१का प्रदेश सभा सदस्य गोपाल तामाङ, मेचीनगरका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान प्रमुख बिमल आचार्यलगायतले मन्तव्यको क्रममा गुम्बा निर्माण कार्यको प्रशंसा गरेका थिए । सोही कार्यक्रममा लामा गुरु हिसेस साङपो रिम्पोछेबाट सहभागीहरुलाई आर्शिवचन दिइएको थियो ।
पाल्युल देछेन छोलिङ गुम्बाका पूर्व अध्यक्ष भक्त ग्लान तामाङले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन पत्रकार तिलक योञ्जनले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here