योजनाबद्ध रुपमा हिन्दु, किराँत र बौद्ध धर्म मास्ने काम भए: कमल थापा

0
199

काठमाण्डाैं  । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सनातन धर्म संस्कृतिलाई योजनाबद्ध रुपमा कमजोर बनाउन र मास्न खोजिएकोले अब सबै जागेर परम्परा र पहिचानको संरक्षणको निमित्त जनसंघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

आज पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले योजनाबद्ध र संगठित रुपमा लोभलालच, भ्रम र डर त्रास देखाएर धर्म परिवर्तन गरिएकोमा तीव्र आक्रोशसमेत पोखेका छन् ।

‘किराँत धर्म अल्पमतमा परेको छ, अब विस्तारै बुद्ध धर्म मान्नेहरु अल्पमतमा पर्ने छन् ,यो सामान्य विषय होइन,’ अध्यक्ष थापाले भने । यही रफ्तारमा धर्म परिवर्तनको डढेलो बढ्दै गएमा हाम्रो गौरवशाली संस्कृति र पहिचान नष्ट हुनेतर्फ चिन्ता व्यक्त गर्दै थापाले चुप लागेर बसेमा हामी दिन प्रतिदिन कमजोर हुने भएकोले नयाँ पुस्ताले प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

‘हाम्रो कुनै धर्म प्रती वैमनश्यता ,घृणा र अनास्था छैन, सबै धर्मलाई समान मान्यता र अधिकार हुनुपर्छ तर संगठित र योजनाबद्ध रुपमा भैरहेको धर्म परिवर्तनप्रति हाम्रो आपत्ती छ,’ थापाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here