४३४ जनाको निःशुल्क आँखा परीक्षण

0
224

झापा, अर्जुनधारा नगरपालिका–४स्थित नवदुर्गा आधारभूत विद्यालयमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
शिविरमा दुई सय २ जना बिद्यार्थीसहित ४ सय ३४ जनाको निःशुल्क आँखा परीक्षण गरिएको थियो । जसमा २७ जनामा मोतीयाविन्दूको समस्या देखिएकाले उनीहरुको मेची आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले जानकारी दिए ।


लायन्सका प्रथम भीडीजी नरनाथ सापकोटाको निधनपछि उनको स्मृतिमा क्लवले ‘आई हेल्थ क्याम्प’ सञ्चालन गरेको र ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सेवा पु¥याउन शिविर सञ्चालन गरिएको अध्यक्ष कार्कीले बताए ।
मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा अस्पतालकी आउट रिच कोअर्डिनेटर कविता कार्की कडरिया, नेत्र सहायक दुर्गेश पासवान, आइहेल्थ वर्कर मञ्जु प्रधान, साधना गुरुङ लगायतको टोलीले आँखा जाँच गरेको थियो ।
अर्जुनधारा नगरपालिका वडा नम्वर ४का वडाध्यक्ष अमरवहादुर कटुवालको प्रमुख आतिथ्यमा भएको शिविरमा कार्यक्रमको औचित्यमाथि लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष कार्कीले प्रकाश पारेका थिए । शिविरको उद्घाटन सत्रमा लायन्सका एरिया चिफ सत्यनारायण शर्मा, विद्यालयका प्रधानाध्यापक रुद्र खतिवडा, पूर्वअध्यक्ष जीवन खड्का, कोषाध्यक्ष राजेन्द्र विमली, सदस्य विशाल थापा, दीपक कार्की लीओका अध्यक्ष नवलकिशोर साह, फष्ट भीपी लोकेश पेडिवाल, सुदीप वुढाथोकी, विश्वास खड्का, जोन चेयर पर्षन रुपेश भण्डारी लगायत सहभागी थिए । कार्यक्रमको सञ्चालन सचिव प्रदीप खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here