छविराज ढकाल
विराटनगर ,
मोरङ्गको बुढीगंगा गाउँ पालिकाको स्मृति इङलिस बोर्डिङ स्कूलको प्राङ्गणमा स्वर्गीय चुडामणि न्यौपानेको स्मृतिमा आयोजित दोस्रो जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा पथरीशनिश्चरे (२ को रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा सन्ध्या खड्काले प्रथम स्थान हासिल गरेकीछिन्।
शुक्रबार आयोजित प्रतियोगितामा सहभागी हुँदै रेडस्टार माविकी छात्रा खड्काले मोरङ्गका २६ विद्यालयका छात्र छात्राहरुलाई उछिन्दै ू यूवा नेतृत्वू भन्ने शिर्षकमा प्रथम स्थान हासिल गरेकी हुन् भने छात्रा खड्काको विपक्षमा तर्क पेश गर्दै मेरिल्याण्ड माविकी क्रिस्टिना निरौलाले ू अनुभवी नेतृत्वू शिर्षकमा पनि प्रथम स्थान हासिल गरेकी थिइन्।
यसैगरी, प्रतियोगितामा यूवा नेतृत्व भन्ने शिर्षकमा क्रमशः बालजगत विद्यालयका मनिष दाहाल दोस्रो र लक्ष्मी माविका सञ्जा दत्तले तेस्रो स्थान हासिल गरेका थिए भने अनुभवी नेतृत्व भन्ने पक्षमा मार्टर्स मेमोरियल विद्यालयकी यूविका कार्की दोस्रो र पोखरिया माविका रोविन्स पोखरेल तेस्रो स्थान हासिल गर्न सफल भएका थिए।
प्रतियोगितामा पक्ष र विपक्षका प्रथम(, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजयी छात्र छात्राहरुलाई क्रमशः १३ हजार, ९ हजार १सय तथा ३ हजार ६ सय रुपैयाँ नगदसहित कप, ट्रफी, मेडल र प्रमाणपत्र सहितले विराटनगर महानगरकी उपप्रमुख शिल्पा निरौला कार्की, बुढीगंगा गाउँ पालिकाकी उपप्रमुख अमृता कुमारी गच्छेदार, स्मृति इङलिस बोर्डिङ स्कुलकी रीता न्यौपाने लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो।
सो प्रतियोगिताको प्रदेश नं १ का सामाजिक विकास मन्त्री बुद्धी कुमार राजभण्डारीले पानसमा बत्ती बाल्ने उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथि समेत रहनुभएका प्रदेश मन्त्री राजभण्डारीले यस्तो ९वादविवाद० प्रतियोगिताले विद्यार्थीहरूको समग्रतामा बौद्धिकता निखार्न सहयोग पुर्याउने विश्वास लिनुभयो। मन्त्री राजभण्डारीले आफ्नो स्वर्गीय चुडामणि न्यौपानेको स्मृतिमा यो प्रतियोगिता आयोजना गरिएकोमा हार्दिक आभार व्यक्त गर्नुभयो।
त्यस्तै, स्मृति इङलिस बोर्डिङ स्कूलकी प्रिन्सिपल रीता न्यौपानेले आफ्नो स्वर्गीय बुबा चुडामणि न्यौपानेको स्मृतिमा स्थापित अक्षयकोषले हरेक वर्ष यस्तै कार्यक्रम आयोजना गर्दै आएको बताउँदै जिल्ला भरिका विद्यार्थीहरूको बौद्धिकता र ज्ञानलाई यस्ता कार्यक्रमहरुले सहयोग गर्ने बताउँदै सबै विद्यार्थी र विद्यालयहरूलाई हार्दिक स्वागत गर्दै मन्तव्य व्यक्त गर्नुभयो। उहाँले औषधि नभएको विरूवा र प्रतिभा नभएको कुनै विद्यार्थी हुदैन भन्नु भयो।
यसैगरी, बुढीगंगा गाउँ पालिकाका अध्यक्ष प्रमुख जितनारायण थापा मगरले ( शिक्षा , स्वास्थ्य र कृर्षिमा क्रान्ति गर्ने अठोटका अघि बढीरहेको गाउँपालिकाको सिंगो टिम लागि परेको बताउनुभयो।
विराटनगर महानगरकी उपप्रमुख ( शिल्पा निरौला कार्कीले अनुभवी नेतृत्वको सफलता नै लामो अनुभवहरु हुन भन्दै यूवा नेतृत्वले समेत वर्तमान समयमा र आवश्यकताका आधारमा विषय( वस्तुको उजागर गर्ने र नयाँ आयाम ल्याउने बताउनुभयो। उहाँले जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यस्तै उर्जाशील रहन हौसला प्रदान गर्नुभयो। यस्ता कार्यक्रमहरुलाई महानगरले सधैं सहयोग पुर्याउने प्रतिबद्धता जनाईन्।
स्मृति इङलिस बोर्डिङ स्कूलकी संस्थापक प्रिन्सिपल तथा कार्यक्रमकी संयोजक रिता न्यौपानेले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको छ ।
साथै, सोहि बुढीगंगा पालिकाको उपप्रमुख अमृता कुमारी गच्छेदारले यो वादविवाद प्रतियोगितामा विद्यार्थीहरुले भनेको मन्तव्यहरूले अहिलेको राजनीतिक नेतृत्वका लागि यूवा वर्ग र अनुभवी नेतृत्वको आवश्यकता रहेको बताईन् ।
मोरङ्ग जिल्लाका २६ जना विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए। स्मृति अंग्रेजी माध्यमिक विद्यालयकी प्रधानाध्यापक रिता न्यौपानेको संयोजकत्वमा आयोजित दोस्रो वादविवाद प्रतियोगिता (०७९मा निर्णायकको भूमिकामा लेखक तथा संचारकर्मी सरोज घिमिरे, कथाकार सुबिन भट्टराई र साहित्यकार धर्मेन्द्र भट्टराई रहेका थिए।
(राजेश न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको प्रतियोगितामा स्वर्गीय चुडामणि न्यौपानेको स्मृति प्रतिष्ठानका संस्थापक नारायण प्रसाद न्यौपाने, मोरङ्ग जिल्ला समन्वय समितिक उपाध्यक्ष उषा झा, बुढीगंगा गाउँ पालिकाकी शिक्षा प्रमुख लक्ष्मी पोखरेल लगायतको उपस्थिति रहेको थियो भने निर्णायक मण्डलमा वरिष्ठ संचारकर्मी एवम् लेखक सरोज घिमिरे, झापाको नेपाल लेखक सङ्घका धर्मेन्द्र भट्टराई , साहित्यकार तथा कथाकार ( सुबिन भट्टराई रहनुभएको थियो।


























