भूवनेश्वरमा संगीतमय श्रीमद् पद्म महापुराण सुरु

0
208

 

अर्जुनधारा, झापाको अर्जुनधारा–९स्थित भूवनेश्वर शिव पाञ्चायन आनन्द धाममा १४औं धार्मिक अनुष्ठान अन्र्तगत शनिबारदेखि संगीतमय श्रीमद् पद्म महापुराण तथा धान्याञ्चल महायज्ञ सुरु भएको छ ।
महापुराण मूल आयोजक समारोह समितिका संयोजक पुष्पकुमार प्रसाईंको अध्यक्षतामा आयोजित उक्त महापुराणको प्रमुख अतिथि प्रदेश नं.१का प्रदेश सभा सदस्य तिलचन पाठक “चिन्तन”ले उद्घाटन गरेका थिए ।
यही फागुन ७ गते सम्पन्न हुने महापुराणको प्रमुख वाचक आचार्य गायत्रीप्रसाद दाहाल र उपवाचकहरु पण्डितत्रय पवन भट्टराई, रामप्रसाद मिश्र र सोमनाथ पोखरेल रहेको समितिका सचिव भानुभक्त श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राई, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी व्यवस्थापक तुलसा कुँवरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
धाम व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम चापागाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव श्रेष्ठले गरेका थिए । महापुराण उद्घाटन अघि कलश यात्रासहितको र्यालीले विभिन्न स्थलहरुको परिक्रमा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here