चिकित्सकलाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बित

0
239

झापा, नेपाल चिकित्सक सङ्घले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
सङ्घले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा.जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घले गम्भीर ध्यानकर्षण भएको बताउनुभयो ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति सुरक्षाका निम्ती आवश्यक व्यवस्थापन गर्न तथा सुरक्षाको नाममा भीभीआईपीको सवारीबाट आम सर्वसाधारणले पाइरहेको दुःख र सास्तीलाई सदाको लागि अन्त गरी उचित विधि स्थापित गर्न सङ्घको कार्यकारिणी समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

चिकित्सकलाई कुटपिट गर्ने प्रहरी हवल्दार निलम्बित

टाउको र हातमा चोट लागेका डाक्टर सिंहलाई ट्रमा सेन्टरको आईसीयूमा ‘अब्जर्भेसन’ मा राखिएको छ। प्रहरीले ट्रमाका अरू चिकित्सकहरूलाई पनि कुटपिट गरेको थियो । डा. सिंहमाथि कुटपिट भएको विरोधमा उत्रिँदा मेडिकल अधिकृत डाक्टर जाफिर आलमलगायतमाथि पनि हातपात भएको छ ।
चिकित्सक कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । उनीहरूले स्वास्थ्यकर्मीमाथि हिंसा बन्द गर्नुपर्नेलगायतका नारासहितका प्लेकार्ड बोकेर घटनाको विरोध गरेका थिए ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिलगायत अति विशिष्टको सवारीमा नागरिकलाई कुनै असुविधा नहुने गरी प्रोटोकल बदल्न प्रस्ताव गरेका छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायतका विधि तथा प्रोटोकल बदल्नुपर्ने र निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गर्नुपर्ने उनको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here