आज हावाहुरी र हिमपातको सम्भावना

0
150

झापा, आज हावाहुरी र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसका कारण प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशका पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । साथै बाँकी भू भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश९१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका केही नहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा अपराह्नतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ।

आइतबार राति भने प्रदेश १ को पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बाँकी भू भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here