भारतको जम्मु कश्मीरमा फूलखेतीका लागि भारु ३९ करोडको नयाँ परियोजना

0
79

भारतको जम्मु कश्मीर सरकारले किसानलाई व्यवसायिक फूलखेतीतर्फ आकर्षित गर्न ३९ करोड भारतीय रुपैयाँको परियोजना घोषणा गरेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका सहसचिव अटल दुल्लोले यस क्षेत्रका किसानलाई पुष्प व्यवसायतर्फ आकर्षित गर्नका लागि नयाँ परियोजना घोषणा गरिएको जनाकारी दिए । भारतीय समाचार संस्था एएनआईका अनुसार यस परियोजनाबाट २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् भने ३३० नयाँ पुष्प व्यवसाय सञ्चालनमा आउनेछन् ।

जम्मु कश्मीरमा लामो समयदेखि नै फूलखेती हुँदै आएको बताउँदै सहसचिव दुल्लोले यस क्षेत्र फूलखेतीका लागि उपयुक्त रहेको जानकारी दिए ।

हाल भारतीय पुष्प व्यवसाय परम्परागत खेतीबाट आधुनिकतातर्फ अघि बढ्दै गएको अवस्थामा जम्मु कश्मीरमा नयाँ परियोजनाको घोषणा गरिएको हो ।

भारतमा फूलको बजार १५ हजार करोड भारतीय रुपैयाँ बराबरको रहेको जनाइएको छ । सन् २०२१–२२ मा भारतले ७७१.४१ करोड भारतीय रुपैयाँ बराबरको फूल विदेश निर्यात गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here