१ लाख ८० हजार मुल्य बरावरको बरामद

0
123

झापा,
झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मुल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर -६ गैरी गाँउ स्थितबाट बिभिन्न प्रकारका कपडा, झोला र पुजामा प्रयोग हुने सामानहरु करिव १ लाख १२ हजार बरावरको बरामद गरेको हो भने वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर(५ स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउदै गरेको ९ बोरा ९३४२ किलो ग्राम० तयारी चियापत्ती बरामद गरेको हो । बरामद गरिएका सामानहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here