सम्योग बहुउद्देश्यद्वारा कर्जा मिनाहा तथा राहत रकम प्रदान

0
112

अर्जुनधारा, झापाको भद्रपुर–१०स्थित सम्योग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत पुस १२ गते निधन भएका आफ्ना शेयर सदस्य अर्जुनधारा–७का मोहनकुमार लिम्बूको कर्जा मिनाहा गरेको छ ।
संस्था अन्र्तगतको शनिश्चरे सेवा केन्द्रमा आबद्ध लिम्बूले लिएको जम्मा कर्जा एक लाख २० हजार रुपैयाँमध्ये संस्थालाई बुझाउन बाँकी ७७ हजार नौ सय ४५ रुपैयाँ ७५ पैसा कर्जा पूर्णरुपमा मिनाहा गरेको हो ।
त्यसैगरी संस्थाले शेयर सदस्य लिम्बूको परिवारलाई १९ हजार पाँच सय रुपैयाँ राहत रकम प्रदान गरेको छ । संस्थाका कार्यकारी प्रमुख झलकबहादुर चौहनले लिम्बूकी पत्नी सुष्मा र छोरा आदित्यलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here