सोमबार देशभर सार्वजनिक बिदा

0
168

झापा, सरकारले फागुन १ गते भोलि जनयुद्ध दिवसुको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार जनयुद्ध दिवसको सन्दर्भमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए। सो जनयुद्धको नेतृत्वकर्ता पार्टी नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। यसपटक भने माओवादीकै नेतृत्वको सरकार भएको मौकामा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि साता अघिमात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक विदा धेरै भएको भन्दै विदा कटौती गर्नुपर्ने भनेका थिए । तर आफ्नै अभिव्यक्ति प्रतिकुल हुने गरी प्रधानमन्त्री दाहालले विगतमा नदिइएको सार्वजनिक विदा थप गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here