पूर्वाञ्चल स्नुकरको उपाधि मेम्बरलाई

0
468

snukar
[एकराज गिरी ]
बिर्तामोड, माघ २४। योर्स स्नुकर क्लब बिर्तामोडको आयोजनामा सञ्चालित पूर्वाञ्चल स्तरीय खुल्ला स्नुकर प्रतियोगिता २०१५को उपाधि बिर्तामोडका मेम्बर श्रेष्ठले जितेका छन् ।
प्रतियोगितामा भाग लिएका ७४ प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि जितेका हुन् । विहीवार भएको फाइनल खेलमा उपाधि जितेसागै श्रेष्ठले ३० हजार नगद र ट्रफी समेत प्राप्त गरेका छन् । प्रतियोगितामा इटहरीका विकास गुरुङ दोस्रो भएका छन् ।
दमकका लक्ष्मण प्रधान तेस्रो र विर्तामोडका सोभित बास्तोला चौथो भएको क्लबका सञ्चालक सरिफ राईले जानकारी दिए । दोस्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई ७ हजार नगद, ट्रफी तथा प्रमाणपत्र, चौथो हुनेलाई सान्त्वना पत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका उत्कृष्ट खेलाडी धरानका बालकुमार लिम्बू र हाइब्रेकर बिर्तामोडका खेम बुढाथोकी घोषित भएको सञ्चालक राईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here