रोटरी क्लव अफ काँकडभिट्टाद्वारा सय थान व्हिल चियर प्रदान

0
148

मेचीनगर,

अन्तर्राष्ट्रिय राेटरी क्लव ३२९२ नेपाल भुटान अन्तर्गतकाे राेटरी क्लव अफ काँकडभिट्टाले आफ्नाे १३ ओैँ चार्टर्ड डेकाे अवसर पारेर १०० थान व्हिल चियर हस्तान्तरण गरेकाे छ । क्लवका मिडिया काेडिनेटर लक्ष्मी उप्रेतीका अनुसार क्लवले स्थानीय सरकार मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरेकाे हाे ।

मेचीनगर नगरपालिकाकाे सभाकक्षमा आयाेजित “१०० थान व्हिल चियर हस्तान्तरण ” कार्यक्रममा नगरप्रमुख गाेपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पाेखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत हाेमनाथ भण्डारीलाइ क्लवका सन् २०२३ का अध्यक्ष सुजन प्रधान र पुर्व अध्यक्षहरूले संयुक्तरूपमा व्हिल चियर हस्तान्तरण गर्नुभएकाे थियाे ।

प्रमुख गाेपालचन्द्र बुढाथाेकी राेटरीकाे मानवीय सेवामा लाग्ने कामकाे प्रशंसा गर्नुभयाे । जाे हिडडुल गर्न सक्नुहुन्न उहाँहरूका लागि याे कामले निक्कै महत्व राख्ने नगरप्रमुख बुढाथोकीकाे भनाई छ । यसले मानवीय सेवमा निक्कै सहयाेग पुग्ने स्पष्ट पार्नुभयाे । याे प्रक्रियागतरूपमा खरिद गरीकाे छ । स्थानीय सरकार नगरभित्रका सवै सामाजिक संघ संस्थाहरूसँग हातेमालाे गरेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयाे ।

नगरपालिकाले यसकाे वितरण प्रणालीलाई चुस्तदुरूस्त र पारदर्शी बनाउने विश्वास दिलाउनुभयाे । नगरपालिकाले व्हिलचियर वितरण कार्यविधि निर्माण गरीसकेकाे भन्दैँ नगरप्रमुख बुढाथोकीले नगरभित्र रहेका फरक क्षमता भएका र जस्लाई याे अत्यन्तै आवश्यकता छ उहाँहरूलाई सहजरूपमा वितरण गर्ने बताउनुभयाे ।

व्हिलचियर एउटा मानवकाे संवेदनशीलतासँग जाेडिएकाे भन्दैँ भनसुन, राजनीतिक आस्था र विचारका भरमा नभएर आवश्यकताका आधारमा वितरण गर्ने कुरामा नगरप्रमुख बुढाथोकीले विश्वस्त पार्नुभयाे ।

कार्यक्रममा बाेल्दै उपप्रमुख मीना पाेखरेल उप्रेतीले राेटरीले सर्वसुलभ मुल्यमा गुणस्तरीय व्हिलचियर नगरपालिकालाई उपलब्ध गराएर पुण्यकाम गरेकाे बताउनुभयाे । राेटरीले काेभिड महामारीका बखत पनि स्थानीय सरकारसँग समन्वय गरी गरेकाे कामकाे मुल्यांकन गर्दैँ जति प्रशंसा गरे पनि कम हुने बताउनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here