बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सवमा आज मन्त्र व्याण्ड र वेनिषाको प्रस्तुति

0
194

झापा ।

बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हरेक साँझ साङ्गितिक प्रस्तुति हुँदै आएको छ ।

फागुन ५ गतेबाट शुरु भएको महोत्सवको पहिलो दिन निशान भट्टराई र ¥यापर भाइवर साइमन , गायक तथा कार्यक्रम प्रस्तोता रमेश श्रेष्ठले साङ्गितिक प्रस्तुति दिए ।

आज ६ गते साझ मन्त्र व्याण्डको प्रस्तुति रहने छ । सोही अवसरमा गायिका बेनिषा पौड्यालले समेत आफ्नो साङ्गितिक प्रस्तुस्तुति राख्ने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।

शनिवार साँझ साढे ५ बजेवाट साङ्गितिक प्रस्तुति शुरु हुने आयोजक समितिले जनाएको छ । ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुले आफ्नो प्रस्तुति राख्ने आयोजक समितिका संयोजक राजु न्यौपानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here