महाशिवरात्रिमा पशुपति नाथको साढे ४ लाखले गरे दर्शन

0
147

छविराज ढकाल/ काठमाडौं,

शिवरात्रि अवसरमा पशुपतिनाथका चार वटै ढोका बिहान ३ बजेदेखि नै खुला भै बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेका छन् ।

महाशिरवरात्रि अवसरमा पशुपतिनाथ मन्दिरमा शिवको पूजाअर्चना गर्न दर्शनाथीको निकै लामो लाईन सहित भीड लागेको थियो। पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति नाथको मुख्य ढोका खोल्नुअघि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको थियो।

बिहान सबेरै देखि उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको थियो भने पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको कोषको संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशंकर पराजुलीले बताए। घाम लागेसँगै दर्शनार्थीको संख्या पनि क्रमशः बढेको थियो ।

महाशिवरात्रि अवसरमा कोषको विशिष्ट अतिथि समेत रहेका जगन्नाथपुरी स्थित गोवर्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्ने कार्यक्रम गरेका थिए । पशुपतिनाथमा विशेष पूजा सकेर उनले २०७२ साल जेठ १२ मा भत्किएको पशुपति मन्दिरको पश्चिम ढोका अघि रहेको आद्य शंकराचार्यको मन्दिर उद्घाटन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here