कनकाई भेट्रानको हिसाबकिताब सार्वजनिक

0
153

सुरुङ्गा ।

झापाको कनकाईमा आयोजित दोस्रो कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको आय¬व्यय सार्वजनिक गरिएको छ ।

गत पुस ९ गतेदेखि १६ गतेसम्म सञ्चालित फुटबल प्रतियोगिता सम्पन्न गर्न ५ लाख ४० हजार १० रुपैयाँ खर्च भएको छ भने कुल आम्दानी ५ लाख ७२ हजार ५ सय २१ रुपैयाँ रहेको क्लबका सल्लाहकार ज्योतिकुमार उप्रेतीले जानकारी दिए ।

सो प्रतियोगिताको उपाधि धरान भेट्रान क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आयोजक कनकाई भेट्रान क्लब सुरुङ्गाले चुमेको थियो । विजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता धरानले ६१ हजार नगद पाएको थियो । सो प्रतियोगितामा प्रदेश १ का ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न कनकाई नगरपालिकाले प्रथम पुरस्कारको प्रायोजन गरेको थियो भने द्वितीय पुरस्कार झापा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य माननीय एल.पी. साँवाले नगद ६१ हजारको प्रायोजन गरेका थिए ।

कनकाई नगरपालिकाका नौ वटा वार्डहरूबाट ९८ हजार रुपैयाँ, सहारा साकोस चारपानेबाट ५० हजार, झापा गाउँपालिकाबाट १९ हजार ९ सय, रोबन शु सेन्टरबाट २० हजार, समाजसेवी शेरबहादुर थापाबाट १५ हजार, कनकाई वन समूहबाट १५ हजार, व्यवसायीहरू मनोज शिवाकोटीबाट १२ हजार, दुर्गा उप्रेती (अस्टे«लिया) बाट १० हजार, पशुपति अंग्रेजी मावि, दिव्यरत्न अंग्रेजी मावि, झापा मेरिगोल्ड मावि र श्रीहरिकुल माविबाट हरेकले ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको क्लबका कोषाध्यक्ष सन्तोष लिम्बूले जानकारी दिए ।

खर्चतर्फ अफिसियलमा ७२ हजार ३ सय, खेलमैदान मर्मतमा ४५ हजार स्टेज तथा साउण्ड सिस्टममा ४२ हजार रुपैयाँ रहेको क्लबका सचिव रमेशचन्द्र बाबु मैनालीले बताए । विजेता तथा उपविजेता टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, समाजसेवी शेरबहादुर थापा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष श्यामकुमार राईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here