अर्जुनधारा ।
झापाको अर्जुनधारा–४ रातेखालस्थित नवदुर्गा आधारभूत विद्यालयको ३९औं वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्रबहादुर पौडेलको अध्यक्षतामा आयोजित उक्त वार्षिकोत्सवको प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार वि.क.ले गरेका थिए ।
प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा संस्थापक अध्यक्ष नरेन्द्रकुमार राई र सदस्यहरु नारायणबहादुर चौहन, बालमुकुन्द पोखरेल, मानबहादुर कार्की, कुलबहादुर कटुवाल(मरणोपरान्त) र जगतबहादुर बुढाथोकी(मरणोपरान्त) रहेका छन् ।
त्यसैगरी अन्य सम्मानित हुनेहरुमा संस्थापक प्रधानाध्यापक लीलाधर खतिवडा, विद्यालयमा स्थापना गरिएको अमर–सानू स्मृति अक्षयकोषकी दाता मीना राई, पुरस्कारका दाता नीतेश ज्वेलर्सका विनोद खाती, दाता मोहनप्रसाद न्यौपाने, भीत्तेलेखनका दाता शुकदेव राजवंशी, पूर्व शिक्षक श्यामसुन्दर नेपाल, दिर्घसेवा सम्मान शिक्षक सोमप्रसाद पौडेल र चालु शैक्षिक सत्र २०७९की उत्कृष्ट शिक्षक भावना भट्टराई रहेका छन् ।
त्यस्तै गत शैक्षिक सत्र २०७८को विद्यालय प्रथम छात्रतर्फ यूनिष तामाङ(कक्षा–१) र छात्रातर्फ वर्षा बुढाथोकी(कक्षा–१) पुरस्कृत भएका छन् । अन्य पुरस्कृत हुने विधाहरुमध्ये अनुशासनमा छात्रतर्फ अमर पौडेल(कक्षा–४) र छात्रातर्फ आश्ना बानियाँ(कक्षा–३), सरसफाईमा छात्रतर्फ अर्पण रसाइली(बाल कक्षा) र छात्रातर्फ श्रेया वि.क.(बाल कक्षा), अतिरिक्त क्रियाक्लापमा छात्रतर्फ ईश्वर गिरी(कक्षा–७) र छात्रातर्फ कृशा शिवा(कक्षा–८) तथा खेलतर्फ सन्देश दर्जी (कक्षा–३) रहेका छन् ।
सोही कार्यक्रममा विद्यार्थीद्वारा मार्चपास, पि.टी.प्रदर्शनी, गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक रुपक दाहाल, दहीझोडा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकनाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिकी पूर्व अध्यक्ष जीवनकला राउतलगायतले मन्तव्य राखेका थिए ।
विद्यालयका इञ्चार्ज तोयानाथ ओलीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत शिक्षक चित्रकला दवाडीले गरेकी थिइन् ।