बिर्तामोडका कृषकलाई औजार वितरण

0
89

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले कृषकलाई कृषि औजार तथा सामग्री वितरण गरेको छ ।

आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री वितरण गरेको हो । कृषि शाखाले आयोजना गरेको कार्यक्रममा नगरका सबै वडाका तरकारी पकेट कार्यक्रम अन्तर्गत रहेका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार तथा सामग्री वितरण गरिएको हो ।

नगरपालिकाले मिनी ट्रेलर ९ थान, ड्रिल मेसिन ३ थान, ड्यांग बनाउने मेसिन १ थान, उकेरा लगाउने मेसिन १ थान, हर्वना ४५ थान, स्प्रे ट्यांकी ४५ थान, मल्चिन ३७ थान, टनेल ४० थान, हलो ५० थान, झार गोड्ने काँटा ६० थान र विभिन्न प्रकारका तरकारीको वीऊविजन वितरण गरेको हो । जम्मा २१ लाख १० हजार ९ सय रुपैयाँको सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए ।

उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले अनुदानमा दिएका सामग्रीहरुको सदुपयोग गर्नुपर्ने बताए । बिर्तामोड नगरपालिकामा जनघनत्व बढ्दै गएको र कृषि क्षेत्र साँघुरिदै गएको भन्दै उनले खाली रहेका जग्गा जमिनहरु बाँझो नराख्न पनि आग्रह गरिन् ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख संग्रौलाले अर्गानिक तरकारी उत्पादनमा जोड दिए । भारतबाट आएको विषादि प्रयोग गरिएका तरकारीले क्यान्सर लगायतका प्राणघातक रोग लाग्ने भएकाले यहीं विषादिरहीत तरकारी व्यवसायिक रुपमा उत्पादन गर्न कृषकहरुलाई आग्रह गरे ।

आर्थिक विकास समिति संयोजक संगीता सिवाको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, तरकारी उत्पादन तथा व्यवस्थापन समितिका अध्यक्ष माधव सिटौला लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here