कञ्चनजंघा माविको वार्षिकोत्सव

0
74

गोपाल अधिकारी/ बिर्तामोड ।

कञ्चनजंघा अंग्रेजी माध्यमिक विद्यालयको १५ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

विद्यालयका व्यवस्थापन समितिकी अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षता तथा उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलोचन भण्डारी, बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष राहुल शर्मा, निवर्तमान वडाध्यक्ष कुलप्रसाद संग्रौला, शिक्षा शाखा अधिकृत दिनेश आचार्य, प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, वरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की, प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनाल, सहसचिव देवेन्द्र हुमागाई, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्राचार्य तथा विद्यालयका संस्थापक प्रिन्सिपल गुरुभक्त न्यौपानेले कक्षा नर्सरीदेखि कक्षा १२ सम्म दुई हजार आठ सय विद्यार्थीहरु अध्ययनरत् रहेको र यसै वर्षबाट बीबीएस संकायतर्फ त्रिविबाट स्नातक तह अध्यापन गर्न सम्बन्धन प्राप्त भएको बताए ।

उनले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै न्यूनतम् शुल्कमा अध्यापन गराउँदै सेवामुखी विद्यालयको रुपमा अगाडि बढिरहेको र विविध क्रियाकलापमा अगाडि रहँदै प्रदेशस्तरीय कक्षा ११–१२ का छात्रहरुले भविबल प्रतियोगितामा प्रथम भएको जानकारी दिए ।

सोही अवसरमा प्रमुख अतिथि उपप्रधानमन्त्री लिङ्देनलाई सम्मान गरिएको थियो । कार्यक्रममा मन्त्री लिङ्देनले विद्यार्थीको बढ्दो चापलाई धान्न निजी क्षेत्रको रुपमा कञ्चनजंघाको योगदान महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । उनले निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदान उच्च रहेको भन्दै असल चत्रिवान, शिक्षित, इमान्दार नागरिक उत्पादक गर्न सदैव प्रेरणा मिलोस् भन्दै शुभकामना दिए ।

त्यस्तै विद्यालयमा कक्षा १० मा अध्ययनरत् विद्यार्थी राजेश थापाले उपप्रधानमन्त्री लिङ्देनको सामुन्नेमा नेशनल आर्ट गरेर उनको मुहार अंकित चित्रकला तथा मायाको चिनो प्रदान गरिएको थियो ।

शिक्षक भूमि सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक खगेन्द्र नेपाल र चन्द्रकला ढुंगेल तथा विद्यार्थीहरु सृजक श्रेष्ठ र आयुष्का भण्डारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here