शिव मन्दिर र सामुदायिक भवन निर्माण

0
155

बिर्तामोड ।

अर्जुधारा नगरपालिका–५ स्थित नमुनाटोलमा शिव मन्दिर तथा सामुदायिक भवन निर्माण सम्पन्न भएको छ ।

स्थानीय नमूना कीर्तन मण्डलीको आयोजनामा महाशिवरात्री पर्वको अवसर पारेर पञ्चमुखी शिव पाञ्चयन मन्दिरको प्राणप्रतिषठापन तथा सामुदायिक भवन उदघाटन गरिएको हो । २८ घरपरिवार सदस्य रहेको कीर्तन मण्डलीले जग्गा खरिद गरी मन्दिर तथा सामाजिक भवन निर्माण गरेको हो ।

२०७१ सालमा स्थापना भई २०७४ मा विधिवत् दर्ता भएको नमूना कीर्तन मण्डलीले नियमित साप्ताहिक रुपमा कीर्तन गर्दै आएको र सदस्य तथा अन्य दाताहरुको सहयोगमा धार्मिक तथा सामाजिक कार्य गर्ने उद्देश्यले मन्दिरसँगै सामुदायिक भवनको निर्माण गरिएको कीर्तन मण्डलीकी अध्यक्ष इन्दिरा भट्टराईले जानकारी दिइन् ।

मन्दिरको प्रतिष्ठापन ब्राह्मण मुक्तिनाथ गजुरेलले जानकारी दिए । चार वर्षअघि १४ लाख ५० हजारमा खरिद गरिएको १० धुर जग्गामा करिब २५ लाखको लगानीमा सम्पन्न मन्दिर तथा सामुदायिक भवनको निर्माण सम्बन्धी सम्पूर्ण आयव्यय विवरण पछि सार्वजनिक गरिने कीर्तन मण्डलीका सचिव चन्द्र घिमिरेले बताए ।

दाता तीर्थराज नेपालले मन्दिरको अक्षयकोष स्थापनाका लागि ११ हजार एक सय ११ रुपैयाँ र बिर्तामोड–५ स्थित एक्टिभ माइण्ड युवा समूहका मिलन ढकालले भित्तेघडी प्रदान गरेका छन् ।

कीर्तन मण्डलीकी अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षता तथा अर्जुनधारा–५ का वडाध्यक्ष हरि खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मनकुमारी नेपाल लगायतको आतिथ्य रहेको कार्यक्रमको सहजीकरण सचिव चन्द्र घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here