अर्जुनधारामा नगरवासीहरुले व्योहोर्नु परेका समस्याहरु समाधान गर्न माग

0
194

अर्जुनधारा ।

झापाको अर्जुनधारामा नगरवासीहरुले व्योहोर्नुु परेका समस्याहरु समाधान गर्न नगरपालिकाले अग्रसरता देखाउनुपर्ने माग गरिएको छ ।

अर्जुनधारा–८ निवासी पर्शुराम खरेलको नेतृत्वमा स्वतन्त्र नागरिकहरुकातर्फबाट सोमबार सार्वजनिक गरिएको अपिल र खरेलले नगरपालिकाको नाममा जारी गरेको ध्यानाकर्षण पत्रमार्फत् उक्त समस्याहरु समाधान गर्न माग गरिएको हो ।

नगर प्रमुखलाई सम्बोधन गरेर सार्वजनिक गरिएको पत्रमा ७ वटा बँदा उल्लेख गरिएको छ । जस अनुसार अर्जुनधारा–८स्थित सातपत्रेमा नवनिर्मित भवन र शनिश्चरे बजार चौकमा रहेको सामुदायिक भवनसँगै निर्माण गरिएको स्तनपान कक्ष जुन उद्देश्यले निर्माण गरिएको सोही प्रयोजनको लागि सञ्चालन हुनुपर्ने, शनिश्चरे बजार क्षेत्र र मुख्य सडक क्षेत्रहरुमा रहेको अव्यवस्थित बधशालाहरु र मासु पसलहरुको उपयुक्त व्यवस्थापन हुनुपर्ने, बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण गरिनुपर्ने रहेको छ ।

त्यसैगरी अन्य मागहरुमा शनिश्चरे–बिर्तामोड सडक खण्डको यथाशिघ्र निर्माण हुनुपर्ने, नगरभरिका ऐलानी जग्गा जोतभोगको आधार हेरी यथाशिघ्र जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गर्नुपर्ने, नगरपालिकाको आय र व्ययको विवरण सार्वजनिक गर्नुपर्नेलगायत रहेको छ ।

अर्जुनधारा–८ वडा कार्यालयलाई बोदार्थ गरिएको उक्त अपिलसहित ध्यानाकर्षण पत्र खरेलले शनिश्चरे बजारस्थित देवकोटा चौकमा सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको उक्त अपिलसहितको ध्यानाकर्षण पत्र नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङलाई बुझाइने खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here