सवारी दुर्घटनामा दुई जनाको मृत्यु

0
163

मोरङ।

मोरङको दुई स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन ।

सुन्दरहरैचा–५ स्थित भित्री सडक खण्डमा प्रदेश १–०२–०४७ प २८२४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक सुन्दरहरैचा–५ का ५० बर्षीय चक्रबहादुर श्रेष्ठको बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै बिराटनगर–४ स्थित राजमार्गमा प्रदेश १–०२–०४२ प ६०४९ नम्बर र लु १८ प ५४५६ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा घाईते भएका बिराटनगर–४ का २६ बर्षीय प्रकाश महतको उपचारको क्रममा नोवेल अस्पतालमा मृत्यु भएको हो ।

घाईते भएका बिराटनगर–५ का २४ बर्षीय अमन खान र अर्घाखाँची सन्धिखर्कका ४८ बर्षीय बिण्णु परियारको सोही अस्पतालमा उपचार भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here