लोकतन्त्रको संस्थागत सुदृढीकरणमा नागरिक शिक्षा

0
118

नागरिक शिक्षा :

लोकतन्त्रको संस्थागत सुदृढीकरण र यसको प्रभावकारी कार्यान्वयनको लागि नागरिक शिक्षा, यसको आवश्कता र औचित्यका बारेमा बुँदागत रुपमा निम्ना अनुसार केही कुरा उल्लेख गरिएको छ । जस अनुसार ः

– नागरिक शिक्षाले हरेक व्यक्तिलाई उसका आधारभूत अधिकारहरू र दायित्वका बारेमा जानकारी गराउँछ ।

– देशको मूल कानून अर्थात् संविधान, त्यसले परिर्माजित गरेको राज्य संयन्त्र, राज्यका प्रमुख अङ्गहरू, कानून र कानून निर्माण प्रक्रियाबारे नागरिकहरूलाई आवश्यक जानकारी दिलाउँदछ ।

– लोकतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताका बारेमा जानकारी गराउँछ भने यसको सदृढीकरणका लागि प्रतिबद्ध नागरिक समाजको निर्माण गर्दछ । कानूनसम्मत मान्यता र व्यवहारबारे जानकारी गराउँछ ।

– राजनीतिक जीवनका माध्यामबाट शान्ति, मेलमिलाप र विकास निर्माणका क्षेत्रमा अग्रसरता लिने र यो कुरालाई आफ्नो जिम्मेवारीको रुपमा लिने व्यक्तित्व निर्माणमा सहयोग पु¥याउँदछ ।

– हरेक व्यक्तिलाई आफ्नो अन्तर्राष्ट्रिय दायित्वको बारेमा बोध गराउँछ र विश्वशान्तिका लागि मानवीय कानूनको पालनामा जिम्मेवार हुन प्रेरित गर्दछ ।

– नागरिक शिक्षाले जागरुक र सक्रिय नागरिकको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । जसबाट लोकतन्त्रले संरक्षण प्राप्त गर्दछ ।

– नागरिक शिक्षाले हरेक व्यक्तिलाई उसका आधारभूत अधिकारहरू बारे जानकारी गराउँछ भने ती अधिकारहरूको संरक्षण र सम्बद्र्धन लागि प्रतिबद्ध पनि बनाउँछ ।

– हरेक नागरिकलाई साहसी, उत्साही र परिवर्तनकारी बनाउन यसले मद्दत गर्दछ ।

– विशेषगरी राजनीतिक र संवैधानक मुद्दाहरूमा स्वतन्त्र निर्णय लिनसक्ने गरी नागरिकलाई योग्य बनाउँदछ ।

– जनता अर्थात् व्यक्तिलाई नागरिकमा परिवर्तन गराउनका लागि नागरिक शिक्षाको ठूलो महत्व हुन्छ ।

– लोकतान्त्रिक शासन व्यवस्थालाई संस्थागत रुपमा सुदृढ अर्थात् कार्ययोग बनाउने हो भने आमनागरिकलाई लोकतन्त्रका बारेमा जानकार र प्रतिबद्ध बनाउनु पर्दछ भन्ने कुारमा नागरिक शिक्षाले जोड दिन्छ ।

– आज हामी नागरिक शिक्षा अन्तर्गत नै लोकतन्त्र, यसको संस्थागत सुदृढीकरण कसरी सम्भव छ भन्ने विषय छलफल गर्दछौं ।

– नागरिक शिक्षाले हरेक व्यक्तिलाई कानून, आफूलाई शासन गर्ने संस्था र सिद्धान्त दर्शनका बारेमा जानकारी गराउँछ ।

– एउटा सचेत, सक्रिय, जिम्मेवार र रचनात्मक सोच भएको नागरिक निर्माणमा नागरिक शिक्षाले बल पु¥याउँदछ ।

– नागरिक शिक्षाको अभावमा व्यक्ति अतिवादी राजनीतिक दर्शन र व्यवस्थामा सहमति हुन सक्ने खतरा रहन्छ ।

– नागरिक शिक्षाको मान्यतामा, एउटा व्यक्तिलाई सही अर्थमा नागरिक बनाउन हो भने उसलाई लोकतन्त्र, यसका मूल्य, मान्यता र व्यवहारहरूका बारेमा जानकारी गराउनु जरुरी छ ।

– मेरो विचारमा जबसम्म हामीहरू लोकतन्त्रको बारेमा जानकारी राख्न सक्दैनौं, यसका प्रति प्रतिबद्ध हुँदैनौं र यसलाई जीवन पद्धतीका रुपमा अगाल्न सक्दैनौं हामी सहीरुपमा नागरिकको रुपमा उभिन सक्दैनौं । यही मान्यतालाई आत्मसाथ गरेर कार्यक्रम आयोजक संस्थाले अत्यन्तै सकारात्मक सोचका साथ यस कार्यक्रमको आयोजना गरेको हुनु पर्दछ ।

– नागरिक शिक्षाले एउटा व्यक्तिलाई शालीन, सभ्य र कर्तव्यनिष्ठ बनाउन मद्दत गर्दछ भने यसरी नागरिक शिक्षा प्राप्त व्यक्तिको सहयोग र सक्रियतामा लोकतन्त्रले संस्थागत र प्रभावकारी बन्ने आधार प्राप्त गर्दछ ।

लोकतन्त्र, यसको महत्व र यसका आधारभूत मात्यताहरू

– प्रजातन्त्रलाई एउटा शासन पद्धतीका रुपमा बुझिन्छ, जसमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आफूले निर्वाचित गरेका प्रतिनिधिहरू मार्फत जनता शासित हुन्छन् ।

– वस्तुतः जनता सर्वोच्च र शक्तिसम्पन्न रहने र उनीहरूकै सहमति र सहभागितामा राज्य व्यवस्था सञ्चालन गर्ने पद्धतीको नाम प्रजातन्त्र अर्थात् लोकतन्त्र हो ।

– लोकतन्त्रमा सरकारका अधिकारहरू संविधान र कानूनद्वारा परिभाषित र सीमित गरिएका हुन्छन् । नागरिक अधिकारको मूल्यमा राज्य निरंकुश बन्न पाउँदैन ।

– लोकतन्त्रमा मुलुकको शासन व्यक्तिको अधिनमा होइन कि संविधानको अधिनमा सञ्चालित हुुन्छ ।

– लोकतन्त्रमा हरेक व्यक्ति आफ्नो रुचीको जीवन बाँच्दछ र अरुको जीवन बाँच्ने अधिकारको सम्मान गर्दछ ।

– लोकतान्त्रिक समाजमा जन्म, जात, सम्पत्ति र वंशका आधारमा कुनै पनि व्यक्तिको स्तर निर्धारणको आधार हुँदैन ।

– सामाजिक र आर्थिक आधारमा विभेद गर्ने समाज लोकतान्त्रिक समाज हुन सक्दैन ।

– अहिलेको समयमा लोकतन्त्र, शासन विधि र राजनीतिक पद्धती मात्र रहेन । यो त्यस्तो जीवन पद्धतीको आधार हो, जसमा मनुष्य आफूलाई स्वतन्त्र र स्वाधीन रुपमा सञ्चालन गर्न सक्दछ । त्यसकारण धेरैले लोकतन्त्रलाई जीवन पद्धतीका रुपमा बुझ्नु पर्दछ भन्ने कुरामा जोड दिन्छन् ।

– लोकतान्त्रिक शासन पद्धतीले राज्यलाई निरंकुश र स्वच्छाचारी हुनबाट रोक्दछ ।

– लोकतन्त्रमा जनताले आफ्ना आधारभूत अधिकारहरू निर्वाध किसिमबाट प्रयोग गर्न पाउने अवस्थाको सृजना गर्दछ ।

– राज्य सञ्चालन र राज्यको नीति–निर्माणमा सबैलाई समान सहभागिताको अवसर उपलब्ध गराउँदछ ।

– सामाजिक न्याय र सामाजिक संरक्षणमा जोड दिन्छ ।

– दिगो शान्ति बहाल गराउने कामका लागि आधार निर्माण गर्दछ र समुन्नत राष्ट्र निर्माणका लागि आर्थिक अवस्थाको निर्माण गर्दछ ।

– लोकतान्त्रिक शासन व्यवस्थाले मात्रै व्यक्तिको सर्वाङ्गिण विकासको आधारमा निर्माण गर्दछ ।

– यसले सही अर्थमा राष्ट्र निमार्णको आधार निर्माण गर्दछ ।

– लोकतन्त्रमा नागरिकको कर्तव्य निर्वाह गर्न सक्ने सबै व्यक्तिहरूलाई राज्य सञ्चालनमा सहभागी हुने अवसर प्राप्त हुन्छ । उनीहरूकै इच्छा र सहमति राज्य सञ्चालन हुन्छ ।

– आमजनताको लोकप्रिय मत तथा उनीहरूको सहमतिको आधारमा शासन सञ्चालन हुन्छ ।

– जनता प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा आफूमाथि आफै शासन गर्दछन् ।

– लोकतन्त्र त्यस अवस्थामा मात्र सफल हुन सक्दछ, जब अल्पमतले बहुमतको कोपभाजन हुनुपर्ने अवस्थामा रहँदैन । अल्पमतका सरोकारहरूलाई बहुमत पक्षले सही रुपमा आत्मसाथ गर्दछ ।

– अभिव्यक्तिको स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता र संगठित हुने स्वतन्त्रता लोकतन्त्रका अपरिहार्य शर्त हुन ।

– लोकतान्त्रिक सरकारको उद्देश्य सबैका लागि न्याय र खुशी हुनुपर्दछ ।

– जब सम्मान व्यक्ति वा समाजले यसका मूल्य, मान्तया र व्यवहारलाई आत्मसाथ गर्न सक्दैन अर्थात् यसका गुणहरूको अभ्यास गर्न सक्दैन त्यस्तो समाजमा लोकतन्त्र सम्भव हुँदैन ।

– सामान्य अर्थमा भन्नुपर्दा, लोकतन्त्र शासनको त्यस्तो प्रकार हो, जसमा राज्यको शासन शक्ति कुनै व्यक्ति, विशेष वर्ग अथवा समुदायमा निहीत नरहेर समाजका सबै सदस्यहरूमा निहीत रहेको हुन्छ ।

– लोकतन्त्र राजनीतिक पद्धती मात्र होइन, यो त्यस्तो जीवन पद्धतीको आधार हो, जसमा मनुष्य आफूलाई स्वतन्त्र र स्वाधीनरुपमा सञ्चालन गर्न सक्दछ ।

– आफ्ना राजनीतिक अधिकारप्रति पूर्णरुपमा जागरुक, सचेत र सतर्क जनता लोकतन्त्रका लागि अपरिहार्य हुन्छन् ।

– लोकन्त्र भन्नु नै स्वतन्त्रता, समानता, भातृत्वको पर्यावार्चा हो । यी तीन कुराको अभावमा लोकतन्त्र सम्भव छैन ।

– यो बहुमतको शासन यसका कारण सरकार जहिलेसुकै अल्पमतप्रति उदार र जिम्मेवार बन्नु पर्दछ । अल्पमत पनि जिम्मेवार र सहिष्णु बन्नु जरुरी हुन्छ ।

– संसदमा प्रतिपक्षको भूमिका जिम्मेवार अथवा रचनात्मक हुनुपर्दछ । सत्तापक्ष र प्रतिपक्षका बीचमा सहमति र सहकार्यमा काम गर्ने मानसिकता रहनु पर्दछ ।

– राजनीतिक लोकतन्त्र सँगसँगै आर्थिक लोकतन्त्र माथी जोड दिनु पर्दछ । जसको अर्थ लोकतन्त्रको सामाजिक न्याय र सकारात्मक विभेदलाई आत्मसाथ गर्न सक्नु पर्दछ ।

– लोकतन्त्रको आधुनिक मान्यताले सिमित सरकारमा जोड दिन्छ ।

नेपालमा लोकतन्त्र संस्थागत हुन नसक्नुमा आन्तरिक र वाह्यशक्तिको भूमिका

– भनाइ छ, नेपालको भू–राजनीतिक यथार्थले गर्दा नेपालको लोकन्त्रको प्रक्रिया हमेशा दृश्यभन्दा अदृश्य र आन्तरिकभन्दा वाह्य राजनीतिको संकटको निरन्तरतामा छ ।

– २००७ सालको परिवर्तनले नेपालको लागि आधुनिक लोकतान्त्रिक शासन पद्धतीको ढोका खोल्ने काम गरे पनि,

– २००७ सालदेखि हालसम्म पनि नेपालमा लोकतान्त्रिक शासन पद्धतीले आरोह–अवरोहको अवस्था भोग्दै आउनु परेको छ ।

– २००७ सालको परिवर्तनले जनका निर्वाचित प्रतिनिधिहरूद्वारा निर्माण गरिने संविधानका माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत गराउने उद्देश्य लिएको थियो ।

– जसअनुसार, २००७ सालको क्रान्तिको सफलतापछि २००७ साल फागुन ७ गते राजा त्रिभुवनले देशबासीका नाममा दिएको सम्बोधनमा भन्नेका थिए–
‘अबदेखि हाम्रा प्रजाको शासन उनीहरूले आफैले रोजेको वैधानिक सभाले बनाएको प्रजातान्त्रिक विधान अनुरुप हुनेछ ।’

– सात दशको लिखित संवैधानिक कानूनको अभ्यासमा मूख्यतयाः वाह्य स्वार्थ र त्यसमा प्रयोग हुने आन्तरिक राजनीतिक प्रवृत्तिको नेपालमा प्रजातन्त्र संस्थागत हुन सकेन ।

(सात दशकको राजनीतिक अस्थीरतामा वाह्य शक्तिको भूमिका र आन्तरिक कमजोरीका बारेमा उल्लेख गर्ने ।)
– निरन्तरतासहितको परिवर्तनको महत्व बुझ्न नसक्नु र जारी भएका संविधानहरूको पूर्ण परीक्षण र प्रयोग अगावै ध्वस्त गर्ने राष्ट्र मानसिकता र चरित्रका कारण नेपालमा आधुनिक मान्यताको प्रजातन्त्रले संस्थागत हुने अवसर गुमाउँदै गयो र अझै गुमाउने सम्भावना देखिँदैछ ।

लोकतन्त्र सुदृढीकरणमा संविधानको भूमिका

– लोकतन्त्रलाई संस्थागत गर्न र वैधानिक राज्यको स्थापना गर्न संविधान एक अनिवार्य आवश्यकता हो ।

– लोकतन्त्रलाई संस्थागत गर्ने काम लोकतान्त्रिक विधि र प्रक्रियाको आधारमा निर्माण भएको संविधानका माध्यमबाट नै गरिन्छ ।

– निम्न किसिमका व्यवस्थाहरू संविधानमा रहनसके मात्र संविधानद्वारा लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्न सक्दछ । जस अनुसार–

सार्वभौम सत्ता जनतामा निहीत हुनुपर्ने र राज्य शक्तिको प्रमुख श्रोतको रुपमा जनतानै रहनुपर्ने व्यवस्था,

बहुलवादी मान्यता,

धर्म निरपेक्षता,

बालीग मताधिकारका आधारमा आवधिक निर्वाचन,

स्वतन्त्र न्यायपालिका,

आधारभूत अधिकारहरूको संरक्षण,

जनताप्रति उत्तरदायी सीमित सरकार,

समानुपातिक समावेशी प्रतिनिधित्व,

प्रतिनिधिमूलक शासन व्यवस्था,

शक्ति पृथकीकरण र शक्ति सन्तुलनको व्यवस्था,

संविधानवाद र विधिको शासन,

सामाजिक सुरक्षा,

पेशागत संगठनको स्वतन्त्रता,

अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र धार्मिक स्वतन्त्रता,

संविधानको सर्वोच्चता ।

माथि उल्लेखित लोकतन्त्रका पूर्व शर्तहरूलाई आत्मसाथ गरेर ‘नेपालको संविधान’ले लोकतन्त्रलाई संस्थागत गर्ने सम्बन्धमा महत्वपूर्ण संवैधानिक व्यवस्था र प्रतिबद्धता व्यक्त गरेको छ ।

लोकतन्त्रको प्रभावकारी कार्यान्वयनका पूर्व शर्तहरू :

– लोकतन्त्रको संस्थागत सुदृढीकरण गर्ने हाम्रो अभियानले सात दशकको अवधि पार गरिसकेको छ । तर, आज पनि हाम्रो सबैभन्दा ठूलो चूनौति भनेको लोकतन्त्रको संस्थागत सुदृढीकरण, न्याय र समानतामा आधारित समाजको निर्माण कसरी गर्ने भन्ने नै हो ।

– प्रजातन्त्रलाई संस्थागत रुपमा सुदृढ गर्ने अथवा यसलाई कार्ययोग्य बनाउने हो भने विशेषगरी राज्य सञ्चालनको जिम्मेवारीमा रहेकाहरूको ध्यान निम्न विषयहरूलाई जानु जरुरी छ ।

विधि, पद्धती र प्रक्रियाका आधारमा राज्यको सञ्चालन,

व्यवहारतः सरकार जनताप्रति उत्तरदायी रहने अवस्थाको सृजना गर्ने,

संविधानको अक्षरश् पालना ९ीभततभच ७ क्उचष्त० मा जोड दिने,

सुशासनको प्रत्याभूति,

विधिको शासनको प्रत्याभूति,

कानूनसम्मत सामाजिक व्यवहारमा सबैको ध्यान जानुपर्ने,

जनस्तरमा लोकतन्त्रप्रति समर्पण भाव हुनुपर्ने,

लोकतन्त्रलाई अगाडि बढाउने कुरामा राष्ट्रिय सहमति कायम हुनुपर्ने,

सरकार प्रभावकारी हुनुपर्ने,

शान्ति सुरक्षाको सुदृढ व्यवस्था हुनुपर्ने,

विकास निर्माणले गति लिनुपर्ने,

तिनै तहका सरकारहरूका बीचमा समन्वय र सहयोगको भावना हुनुपर्ने,

दण्डहिनताको अन्त्य हुने अवस्थाको सृजनामा जोड दिनुपर्ने,

सामाजिक न्याय कायम हुनुपर्ने,

स्थायित्वमुखी राजनीति,

संविधानलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान आवश्यक विधि, विधान र नीति–नियमको निर्माण यथाशक्य हुनुपर्ने,

आम जनसमुदायलाई संवैधानिक व्यवस्थाप्रति सकारात्मक र उत्साही बनाउने,

सरकार ठिकसँग काम गरिरहेको छ भन्ने कुरामा जनतामा विश्वास पैदा हुने अवस्थाको सृजना गर्ने,

भाषण होइन डेलिवरीमा जोड दिने,

सर्वसुलभ स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको अवशर सबैलाई उपलब्ध हुनुपर्ने,

राज्य सञ्चालकमा शासक होइन कि सेवकको व्यवहार देखिनुपर्ने,

सहमति र सहकार्यको राजनीतिमा सबैले जोड दिनुपर्ने,

संसदले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने,

प्रतिपक्ष सशक्त र रचनात्मक हुनुपर्ने,

मुलुकको परराष्ट्र सम्बन्ध सन्तुलित र व्यवहारिक परराष्ट्र सम्बन्धका आधारमा सञ्चालित हुनुपर्ने,

प्रधानमन्त्रीको निर्णायक र नेतृत्वदायी भूमिका, कायम हुनुपर्ने,

(‘संविधानले प्रधानमन्त्रीय नेतृत्वको ढाँचा निर्मित ग¥यो, तर व्याख्याले त्यो ढाँचा नै ध्वस्त पारिदिएकोले सम्पूर्ण संवैधानिक प्रक्रिया नेतृत्वविहीन र अव्यवस्थित हुनु पुगेको छ ।’ – स्व. संधिवानविद् गणेशराज शर्मा

(उहाँका यी विचार नेपाल अधिराज्यको संविधान २०४७ को सन्दर्भमा व्यक्त भएका विचार हुन । सान्दर्भिक देखिएको यहाँ उल्लेख गरिएको हो ।)

स्व. गणेशराज शर्माज्यूले अर्को सन्दर्भमा भन्नुभएको छ– ‘खास गरेर प्रजातान्त्रिक संस्थाहरूको पूर्ण विकास भई नसकेको परिस्थितिमा यसको सम्बद्र्धन र सुदृढीकरणमा लागि पूरकको रुपमा अत्यन्त महत्वपूर्ण भूमिका नेतृत्वमा छ । मुलुकले प्रणालीको लागि कहिले सुयोग्य नेता पाउँछ र कहिले अयोग्य । प्रजातान्त्रिक पद्धतीमा योग्य र अयोग्य छुट्याउने अधिकार नै जनताले प्रयोग गरेन भने त्यसको बढी मार पनि जनताले नै सहनु पर्दछ ।’

 दुरदर्शी, नैतिक र चरित्रवान नेतृत्व आदि–आदि ।

आजको स्थितिमा लोकतन्त्रका लागि कतैबाट खतरा छ भने त्यो संविधान र लोकतन्त्रलाई कार्यान्वयन गराउने जिम्मेवारीमा रहेका राजनीतिक नेतृत्वबाट मात्र छ । त्यसकारण संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रलाई संस्थागत गराउने जिम्मेवारीमा रहेका राजनीतिक शक्तिहरूका बीचमा लोकतन्त्रप्रतिको प्रतिबद्धता र त्यसलाई सुदृढ गराउने विषयमा सहमतिको वातावरण बन्नु नितान्त जरुरी छ ।

प्रतिकूल परिस्थीतिमा पनि राजनीतिक र संवैधानिक स्थायित्वद्वारा मुलुकलाई समुन्नतिको बाटोमा अगाडि बढाउनुको विकल्प हामीसँग छैन । लोकतन्त्रको विकल्प अझ बढी समृद्ध लोकतन्त्र मात्र हुने भएका कारण लोकतन्त्रको संस्थागत सुदृढीकरणको कामलाई निष्ठाका साथ अगाडि बढाउनुको जरुरी छ । निरन्तरतामा परिवर्तन र संविधानको विकास र ब्याख्याद्वारा लोकतन्त्रलाई प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता राजनीतिक शक्तिहरूमा नहुञ्जेल नेपालमा लोकतन्त्र जनमुखी र संस्थागत हुन सक्दैन ।

नेपालको लिखित संवैधानिक कानून र लोकतन्त्रको आजसम्मको इतिहास आरोह–अवरोहको स्थीतिबाट गुजिँ्रदै आएको छ । यसबीचमा संविधानवाद, विधिको शासन र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा केही महत्वपूर्ण उपलब्धिहरू पनि प्राप्त भएका छन् । राजनीतिक परिवर्तन र एकपछि अर्को संविधान लेखन ‘नियमित आकस्मिकता’का रुपमा रहँदै आएको भए पनि हरेक राजनीतिक परितर्वनपछि नेपाल प्रजातन्त्रका विषयमा कुनै न कुनै रुपमा अगाडि बढेको छ ।

लोकतान्त्रिक शासन पद्धतीलाई संस्थागत रुपमा स्थापित गराउने सही आधार भनेको लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संविधान हो । ‘नेपालको संविधान’ लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित संविधान भएका कारण यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सकेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ गराउन सकिन्छ ।

संविधान जुनसुकै विधि र पद्धतीबाट निर्माण गरिएको भए पनि त्यसले संविधानवाद र कानूनको शासनका आधारभूत सिद्धान्तहरूलाई आत्मसाथ गरेको छ भने मात्र त्यस्तो संविधानले लोकतन्त्रलाई संस्थागत रुपमा सुदृढ गर्न आधार निर्माण गर्न सक्दछ । नेपालको संविधान संविधानवाद र विधिको शासनमा आधारित भएका कारण यसको प्रभावकारी कार्यान्वयनबाट लोकतन्त्रलाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्नेछ । लोकतन्त्रलाई सुदृढ गराउने हो भने ‘नेपालको संविधान’को प्रभावकारी कार्यान्वयनको विकल्प छैन । अन्यथा पुनः नेपाल अस्थीरता, अराजकता र अनिश्चित तर्फ उन्मुख हुनेछ ।

अन्त्यमा, लोकतन्त्रमा जनताको सहमति र सहभागिता सही, सक्रिय र प्रभावकारी रुपमा देखिनु पर्दछ । जुन लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य छ । त्यसैले एउटा भनाइ छ– ‘अन्तरमनदेखिको शतर्कता, सक्रियता र सजकता लोकतन्त्रको जीवनाधार हो ।’

(एफइएस नेपाल र संवाद समूहद्वारा ०७९ माघ २८ गते बिर्तामोडमा आयोजित लोकतन्त्र संवाद तथा नागरिक शिक्षा विषयक अन्तरक्रियामा नेपाल ल क्याम्सका प्रा.डा. भट्टद्वारा प्रस्तुत कार्यपत्रको सारसंक्षेप ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here