कडा सैन्य कारबाही गर्ने उत्तर कोरियाको चेतावनी

0
106

काठमाण्डौं ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले आगामी हप्ताहरूमा योजनाबद्ध सैन्य अभ्यास गरेमा उत्तर कोरियाले ‘अभूतपूर्व रूपमा निरन्तर र कडा प्रतिक्रिया’ दिने धम्की दिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले दक्षिण कोरिया र अमेरिकाको वार्षिक फ्रिडम शिल्ड संयुक्त सैन्य अभ्यास अघि शुक्रबार चेतावनी जारी गरेका हुन्। यस्तै उनले वाशिंगटनले यसअघि सैन्य अभ्यासहरू सञ्चालन गरेर तनाव सिर्जना गरेको आरोप समेत लगाएका छन्। यसअघि भएको अभ्यासमा अमेरिकी स्टिल्थ लडाकु र आणविक हतियार बोक्न सक्ने क्षमताको बीआई–बी रणनीतिक बमवर्षकसमेत समावेश थियो ।

‘यदि अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यासका लागि आफ्नो पहिल्यै घोषणा गरिएको योजनालाई व्यवहारमा लागू गरे भने‘ उनीहरूले अभूतपूर्व रूपमा निरन्तर र कडा प्रतिक्रियाको सामना गर्नेछन्,’ दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले ती प्रवक्तालाई उद्धृत गर्दै लेखेको छ।

उत्तर कोरियाका प्रवक्ताले प्योङयाङले लामो समयदेखि भन्दै आएको वाशिंगटन र सियोल बीचको संयुक्त अभ्यास उत्तर कोरियामाथि आक्रमणको तयारी हो भन्ने कुरालाई दोहोर्याएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here