पाथीभरा मन्दिरको स्वामित्व रोङ गाउपालिकामा

0
138

गणेश अर्याल /इलाम,

उपप्रधानमन्त्री तथा जलश्रोत उर्जा तथा सिचाइ मन्त्री राजेन्द्र लिङदेनले देशको बिकास गर्न उर्जा नै महत्व पूर्ण हुने बताएका छन् ।

इलामको पाथीभरा मन्दिरको नया ब्यवस्थापन सुरुवात गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लिङदेनले नेपाललाइ माग्ने देश बाट दिने देश बनाउनको लागि उर्जा बिकासले नै गर्ने बताए ।

‘देशको बर्तमान संरचना अनुसार कुनै पनि दल एकल रुपमा अगाडि बढ्न जनमत नभएकाले राप्रपा सरकारमा गएको हो, उपप्रधानमन्त्री लिङदेनले भने, ‘सरकारमा जति दिन रहिन्छ देशलाई शिरमा राखेर काम गरिने छ ।

बिदेशमा रहेका २९ प्रतिसत युवहरुलाई शेयर दिने गरी केही जलश्रोतका आयोजनाहरु सुरु गर्ने उर्जा मन्त्रालयको योजना रहेको सुनाउदै उप्रधानमन्त्री राजेन्द्र लिङदेनले पालिकाहरुले दिएको ज्ञापन पत्रमा भएका अधिकांश योजनाहरु पुरा गर्ने प्रतिबध्दता ब्यक्त गरेका छन् । पाथीभरा मन्दिरको प्राङगणमा आयोजित सक्षिप्त कार्यक्रममा इलाम तथा झापाका बिभिन्न पालिकाहरुले सम्युक्त र अलग अलग ज्ञापन पत्र पनि बुझाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रोङ गाउपालिकाका अध्यक्ष मणिकुमार स्याङबोले फिक्कल हर्कटे कुटिडाँडा कोल्बुङ लगायतका स्थानलाई पर्यटकीय क्षेत्र बनाउन सघीय सरकारले सहयोग गर्नुपर्ने मा जोड दिए ।

स्थानीय सरकारलाई बलियो बनाउनु भनेको सघीय ब्यवस्था दरो हुनु हो भन्दै अध्यक्ष स्याङबोले धार्मिक आस्था, रोङको भूगोलको उचाइ र पालिकाको आम्दानीको हिसाबले पाथीभरा रोङको शीरको रुपमा रहेको सुनाए ।

‘देश बिकासको भोको रहेकाले मन्त्रीज्यूहरु सग भेट हुने बितिकै जनताहरु नीति नियम र कानुनको कुरा भन्दा पनि पहिला बिकासका ज्ञापनपत्रहरु बुझाउछन्, रोङ गाउपालिका अध्यक्ष स्याङबोले भने, एकीकृत नमुना बस्तीको योजना कार्यान्वयनको लागि गाउपालिकाले अनुरोध गरेको हो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका प्रमुख रनबहादुर राईले पालिकको आन्तरिक आम्दानी बढाउनको लागि मन्दिर क्षेत्रले सहयोग पुग्ने बताए । ‘अन्तुको पहिलाको आम्दानी ८० हजार देखि १ लाख सम्म आम्दानी हुदै आएकोमा नगरपालिकाले ऐन बनाएर अगाढि बढेपछि ४२ लाख रुपैया आम्दानी भएको छ ।

नगरप्रमुख राईले भने बर्षको १ करोड जति नगरको आम्दानी बढेर अहिले ६ करोड पुगेको छ । नगरप्रमुख राईले पाथीभरालाई रोङ गाउपालिकाले स्वमित्व ग्रहण गरेकोमा धन्यबाद दिदै खुसी प्रकट गरेका छन् । कार्यक्रममा इलाम जिल्ला समन्वय प्रमुख जयप्रकाश राई रोङ गाउपालिका उपाध्यक्ष बिष्णुमाया खवास लगायतले मन्तब्य राखेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here