झापा र मोरङबाट लागूऔषध सहित पाँच जना पक्राउ

0
70

बिराटनगर।

झापा र मोरङको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको भद्रपुर नगरपालिका–५ मा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा मे ६प ६२ नम्वरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका बिर्तामोड–५ का २९ बर्षीय सुरज कुंवर र ३४ बर्षीय सुरेश श्रेष्ठलाई ४ ग्राम २२ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले कमल गाउँपालिका–४ का ३५ बर्षीय पूर्णबिक्रम लिम्वूलाई एक ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो ।

उता लागूऔषध ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर १५ र १६ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका को ३१ प ६६५३ नम्बरको मोटरसाईकलमा सवार ट्याम्केमयुम–२ भोजपुरका ३४ बर्षीय प्रबिन राईको साथबाट ०.२२ ग्राम ब्राउन सुगर र प्रदेश १–०४–००१ प ८६५१ नम्बरको मोटरसाईकलमा सवार धरान–५ का २९ बर्षीय उज्वल हल्वाईको साथबाट १.७२ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश पष््रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here