मह चाखे जनप्रतिनिधिले

११ फाल्गुन २०७९, बिहीबार मा प्रकाशित

कमल ।

मेची सामुदायीक सिकाइ केन्द्रका महिला समूहले आफूले उत्पादन गरेको मह जनप्रतिनिधिलाई चखाएका छन् ।

झापाको कमल–३स्थित मेची सामुदायिक सिकाइ केन्द्रको आयोजना र कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदानमार्फत मौरी पालन व्यवसाय गर्दै आएका महिलाले पहिलोपटक उत्पादन गरेको मह गाउँपालिकाका जनप्रतिनिधिलाई चखाएका हुन् ।

पहिलो चरणमा उत्पादन गरिएको मह सिकाइ केन्द्रको कार्यालयमा उपस्थित अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, केन्द्रका निवर्तमान अध्यक्ष गौरीमान फागो, ३ नम्वर वडाध्यक्ष अग्निप्रसाद कोइराला, शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने लगायत सस्थाका पदाधिकारीकालाई चखाएको केन्द्रकी अध्यक्ष चन्द्रा पराजुलीले जानकारी दिइन् ।

सिकाइ केन्द्रको वार्षिक कार्यक्रम अनुसार केन्द्रमा आवद्ध महिलाले आय–आर्जन कार्यक्रममार्फत गरिएको मौरीपालन बाट पहिलोपटक ११ वटा घारबाट १४ केजी मह उत्पादन गरेको केन्द्रले जनाएको छ । सिकाइ केन्द्रमा आवद्ध महिलाको माग अनुसार यसअघि मौरीपालन सम्बन्धी तालिम प्रदान गरिएको थियो । तालिमपछि प्राप्त गरेको मौरी, मौरीका घार लगायतका आवश्यक सरसामान समेत सिकाइ केन्द्रले उपलब्ध गराएको थियो ।

मौरीपालन व्यवसाय महिलाहरुका लागि आयआर्जनको राम्रो व्यवसाय भएकोले गाउँपालिकाले सिकाइ केन्द्रमार्फत मौरी पालन तालिमका साथै त्यसका लागि आवश्यक पर्ने मौरी लगायतका सम्पूर्ण सामान निःशुल्क उपलब्ध गराएको थियो ।

जसबाट पहिलोपटक नै उत्पादन राम्रो भएको देख्दा आफूलाई खुशी लागेको छ र यसका लागि आगामी दिनमा थप सहयोग गर्नेे अध्यक्ष राईले बताए । सोही अवसरमा तालिममा सहभागी महिलालाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here