एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्जुनधाराको अध्यक्षमा खतिवडा

0
184

अर्जुनधारा ।

नेकपा माओवादी केन्द्र पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन अर्जुनधाराको अध्यक्षमा रुद्र खतिवडा चयन भएका छन् ।

पार्टी कार्यालयमा बुधबार सम्पन्न भएको दोस्रो नगर अधिवेशनबाट यस अघि सचिव रहेका खतिवडा आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्षमा चयन भएका हुन् ।

त्यसैगरी नवगठित कमिटीको वरिष्ठ उपाध्यक्षमा गोरेलाल प्रधान, उपाध्यक्षमा गीता अधिकारी, महिला उपाध्यक्षमा सुस्मिता खतिवडा, सचिवमा तिलचन अधिकारी र कोषाध्यक्षमा खगेन्द्र तिरुवा चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रकाश दाहाल, प्रेमप्रसाद उप्रेती, बालकृष्ण नेपाल, मीना तामाङ र हिमालय पौडेल चयन भएका छन् । कमिटीका अध्यक्ष टंकप्रसाद आचार्यको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको उद्घाटन प्रमुख अतिथि पार्टी झापाका अध्यक्ष राजु आचार्य “अग्नि”ले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि अग्निसँगै पार्टी प्रदेश सदस्य जीतेश योञ्जन, नगरका अध्यक्ष नारद तामाङ, यूएएनटो झापाका अध्यक्ष कपिलदेव तिम्सिनालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सहसचिव सुस्मिता खतिवडाले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव खतिवडाले गरेका थिए । सोही अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयनसँगै अध्यक्ष आचार्यद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन पारित र आसन्न शिक्षक महासंघको निर्वाचनमा सशक्तरुपमा अगाडी बढ्ने निर्णय गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here