शिवसताक्षी नगरपालिका : दुईवटा विधेयक पारित

१२ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित

झिलझिले, झापाको शिवसताक्षी नगरपालिकाको ११ औ नगरसभा दुईवटा विधेयक पारित गर्दे शुक्रबार सम्पन्न भएको छ ।

कार्यपालिका भवनमा आजै सुरुभएको नगरसभाले दुईवटा विधेयक स्वीकृत गरेको सहायक सूचना अधिकृत डिल्ली नेपालले बताए । सभाले कृषि प्रवद्र्धन सम्बन्धी बनेको विधेयक पारित गरेको छ । विधेयक समितिकी संयोजक गोमा नेपालले प्रस्तृत गरेको सो विधेयक पहिलो पटक नगरसभाले स्वीकृत गरेको हो ।

यस्तै कृषि विकास सम्बन्धी ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक २०७९ पनि स्वीकृत भएको छ । यो विधेयक २०७५ सालमा पहिलो पटक नगरसभामा प्रस्तृत भएको थियो ।

१० औ नगरसभाले स्वीकृत गरेका बजेट तथा कार्यक्रम संसोधन गर्नुपर्ने भनि सम्बन्धित वडा समितिबाट निर्णय भईआएका योजनाको संसोधन समेत भएको सूचना अधिकारी नेपालले बताए । सभामा विषयगत समितिका प्रतिवेदन पनि प्रस्तुत भएका थिए । विधागत समितिका संयोजकले प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

प्रतिवेदनमा आएका राम्रा कुरालाई अक्षरस ग्रहण गरि प्राप्त सुझावलाई तत्काल कार्यान्वयन गर्ने नगरसभाले निर्णय गरेको छ ।

नगरसभाले योग्यता, क्षमता, ईमान्दारिता, कर्तव्यनिष्ठ र जवाफदेही कर्मचारी मध्ये ५ कर्मचारीलाई पुरस्कृत सहित सम्मान गरेको छ । योजना शाखाका अधिकृत छैंटौ प्रकाश रंजितकार, वडा नम्बर ७ का वडा सचिव धनराज ईम्बुङ, वडा नम्बर ८ को आधारभुत स्वास्थ्य केन्द्रको एचए सोनी लिम्बु, वडा नम्बर ५ का कार्यलय सहयोगी भुटलाल ताजपुरिया र सवारी चालक उमेश दाहाललाई सम्मान गरिएको छ । उनिहरुलाई नगरसभाका अध्यक्ष समेत रहेका नगरप्रमुख मेघाहाङ्ग थोप्राले दोसल्ला, सम्मानपत्र तथा नगद दिएर सम्मान गरेका थिए ।

नगरसभामा कार्यपालिकाले चालु आ.व. श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन समेत गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here