बेलबारीका कृषि प्राविधिकको दुर्घटनामा मृत्यु

१२ फाल्गुन २०७९, शुक्रबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका १० डाँसखोला अगाडि सवारी दुर्घटनामा परी एक जना कृषि प्राविधिकको मृत्यु भएको छ ।

बिहीबार साँझमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत डाँसखोलानजिक भएको सवारी दुर्घटनामा परी बेलबारी नगरपालिकाको कृषि शाखामा कार्यरत कृषि प्राविधिक ३० वर्षीय दमक नगरपालिका – ४ कृष्णमन्दिर घर भएका विशाल सिटौलाको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

अफिसको काम सकेर मे ७ प ७५४२ नम्बरको मोटसाइकलमा सवार सिटौलालाई सोही दिशातर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप भेनले ठक्कर दिएको थियो ।

भनेको ठक्करबाट गम्भीर घाइते भएका सिटौलाको उपचारको क्रममा मृत्यु भएको हो । पिकअपका चालक फरार रहेका छन् । उनको खोजी कार्य प्रहरीले तीब्र बनाएको जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here