तेह्रथुममा आगलागी, चौध घर पूर्णरूपमा क्षति

0
102

तेह्रथुम,

तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ ।

आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेका थिए ।

नौ घरको अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ । अहिले आगो नियन्त्रणबाहिर रहेको छ ।

स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो निभाउन भर्खरै फिदिम नगरपालिकाको दमकल घटनास्थल आइपुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here