नेपाल वंशावली भाष्कर सन्तति विवरण पुस्तकको विमोचन

0
194

अर्जुनधारा ।

नेपाल वंशज परिषद् ताप्लेजुङ–नामदुङ–पाँचथर प्रशाखा समितिद्वारा प्रकाशित पुस्तक नेपाल वंशावली भाष्कर सन्तति विवरणको शनिबार एक कार्यक्रमकोबिच विमोचन गरिएको छ ।

झापाको बुद्धशान्ति–२ प्रगति टोलस्थित सिंहदेवी देवीस्थान मन्दिरको सभाहलमा परिषद्का केन्द्रीय सदस्य एवम् प्रशाखा समितिका अध्यक्ष वेदनिधि नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि परिषद्का केन्द्रीय सदस्य काशीनाथ नेपाल, १००८ स्वामी भागवताचार्य महाराजलगायतले उक्त पुस्तकको विमोचन गरेका थिए ।

२६६ वटा पृष्ठ भएको उक्त पुस्तकमा इतिहास खण्ड, कुलपूजा तथा संस्कार खण्ड, नेपाल थरको उत्पत्तीस्थल, केही गौरवशाली पुर्खाः केही शिखर व्यक्तित्वलगायत सात वटा अध्याय उल्लेख गरिएको छ ।

नेपालहरुको इतिहास, नेपालसँगै अन्य थरका जातिहरुको विकासक्रम, संस्कार र संस्कृति, नाताहरुको निरुपण, एक आपसमा बन्धुत्वको भावना जगाउन तथा जानकारी दिने उद्देश्यले प्रकाशित भएको उक्त पुस्तकको विशेष महत्व रहेको परिषद्का केन्द्रीय सदस्य एवम् पुस्तकका प्रधान सम्पादक रामचन्द्र नेपालले जानकारी दिए ।

सञ्चारकर्मी एवम् साहित्यकार टंक विकल्पले पुस्तक बारे चर्चा गरेको कार्यक्रममा साहित्यकार भीम निरौला, १००८ स्वामी भागवताचार्य महाराजलगायतले प्रकाशन भएको पुस्तकको विषयमा आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा पुस्तक प्रकाशन गर्न सहयोग पु¥याउने ६७ जना दातालाई सम्मान पत्रसहित सम्मानित गरिएको बताइएको छ । पुस्तकका प्रधान सम्पादक रामचन्द्र नेपालले कार्यक्रमको औचित्यसहित स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन परिषद् अर्जुनधाराका सचिव बालकृष्ण नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here