ढिस्कोले पुरिएर र दुर्घटनामा परेर दुई जनाकाे मृत्यु

0
129

पथरीशनिश्चरे,

ढिस्काेले पुरिएर र दुर्घटनामा परेर माेरङका अलग-अलग स्थानमा दुई जनाको मृत्यु भएकाे छ।

शनिबार केराबारी गाउँपालिका-७ मा ढुंगा निकाल्ने क्रममा खसेकाे ढिस्काेले पुरेर ५५ वर्षे तेजबहादुर मगरकाे मृत्यु भएकाे छ । केराबारी-६ का मगरलाई खदम खोलामा गैंतीले ढुंगा निकाल्दै गर्दा ढिस्काे खसेर बिहान १०:३० बजे पुरेको थियो।

उद्धार गरेर उपचारका लागि विराटनगरस्थित काेशी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गम्भीर घाइते भएका उनलाई अस्पताल पुर्याउनसाथ चिकित्सकले ११:३० बजे मृत घाेषणा गरेका थिए ।

त्यस्तै, धनपालथान गाउँपालिका-३ मा प्रदेश १-०२-००३ ह ४४०७ नम्बरको अटाे दुर्घटना हुँदा चालक ३८ वर्षीय बुधलाल हजामकाे मृत्यु भएको छ। भित्री सडकखण्डमा गत शुक्रबार राति ९:४० बजे दुर्घटना हुँदा उनी घाइते भएका थिए ।

विराटनगरकाे गाेल्डेन अस्पतालमा उपचारका लागि पुर्याइएका घाईते उनलाई परिवारका सदस्यले घर फर्किएका थिए। हजामकाे शनिबार बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।सो घटनामा प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here