पथरीशनिश्चरे- ८ र २ मा वित्तीय साक्षरता तथा ट्यूबवेल कार्यक्रम

0
171

पथरीशनिश्चरे,

पथरी शनिश्चरे-८ कार्यलयको सहयोग र सिद्धेश्वर बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा एकदिने वित्तीय साक्षरता कार्यक्रम भएको छ ।

सहकारिता भनेको के हो ? बचत कसरी गर्ने ? भन्ने वित्तीय शिक्षा दिने उद्देश्यले आयोजित कार्यक्रममा दैनिकी ज्यालादारी गरेर आम्दानी गर्ने मजदुर वा खुद्रा पसल गरी दैनिक आम्दानी गर्ने ब्यापारीहरुको सहभागिता रहेको थियो।

उक्त अवसरमा भविष्यमा सुरक्षित जीवन बनाउन सजिलो होस् भन्ने उद्देश्यका साथ सो कार्यक्रम सन्चालन गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताएका थिए । ३५ जनाले सहभागिता जनाएको कार्यक्रममा वित्तशास्त्र बिज्ञ डिल्ली बरालले सहजीकरण गरेका थिए ।

वडा अध्यक्ष नवीन कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सुवास गौतमले अध्यक्षता गरेका थिए। कार्यक्रम संस्थाका सचिव षडराज काफ्लेले संचालन गरेका थिए।

त्यस्तै, पथरीशनिश्चरे -२ को वडा कार्यलयले विपन्नलाई ट्यूब वेल (चांपाकल) प्रदान गरेको छ। आर्थिक अभावका कारण खानेपानीको लागि समस्या झेलिरहेका अति नै विपन्न ३ परिवारलाई ट्यूबवेल निर्माण गरि प्रदान गरेको हो।

खानेपानीको लागि टाढाबाट ल्याउनुपर्ने बाध्यता निदान गर्ने उद्देश्यले सो वडा कार्यलयले रुद्र बा. लिम्बु,दुर्गा बहादुर लिम्बु र मनमाया बिश्वकर्माको परिवारलाई ट्युबेल निर्माण गरि खानेपानीको पहुँच पुर्याईएको वडा अध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here