प्रतिबन्धित लागूऔषध सहित पक्राउ

0
93

मोरङ।

मोरङको सुनबर्षी नगरपालिका–२ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित एक जना र केराबारी गाउँपालिका–६ बाट लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेक जाँचको क्रममा प्रदेश ०१–०२–०४८ प ३९४३ नम्बरको मोटर साईकल चालक सुनबर्षी–५ का २८ बर्षीय उपेन्द्र साहको साथबाट एक ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु एक थान र नगद ४२ हजार ६ सय रुपैया पक्राउ गरेको हो ।

यसैगरी केराबारी–६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको आरआईटी प्रहरी टोलीले उनलाई ३०० ग्राम गाँजा सहित नगद ६७ हजार ७ सय रुपैया सहित पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्याालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here