आइसिसी लिग–२ : नेपालद्वारा पपुवा न्यूगिनी पराजित

१५ फाल्गुन २०७९, सोमबार मा प्रकाशित

काठमाडौँ, 

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ ।

युनाइटेड अरब इमिरेट् (युएई) को दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्यूगिनीले दिएको दुई सय चार रनको लक्ष्य नेपालले ४५ दशमलव दुई ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कुशल भुर्तेलले ५६ रनको योगदान दिए ।

यस्तै आसिफ शेखले ४४, आरिफ शेखले ३३, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले २२ तथा कुशल मल्लले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ पपुवा न्यूगिनीका लागि कप्तान असद भालाले तीन तथा नर्मन भानुवा र सेसे बाउले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियोे । पपुवा न्यूगिनीकम लागि चाड सोपरले अविजित ३६, कप्तान असद भालाले ३६, सेसे बाउले ३१, किपीलंन डोरिगाले २९, नोर्मन भानुआले २५ र हिरी हिरीले १० रन जोडे ।

बलिङतर्फ नेपालका लागि गुल्सन झाले तीन, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए । जितसँगै नेपाल २९ खेलमा २८ अङ्क जोड्दै लिगको छैटौँ स्थानमा छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here